७ आश्विन २०८१, सोमबार
,
Latest
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम धनुषामा हिरासतबाट फरारमध्ये चार थुनुवा पक्राउ पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत भाषा,साहित्य र संस्कृति मानव जीवनका लागि अपरिहार्य: राष्ट्रपति प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता मिथिला क्षेत्रमा आजदेखि ‘जितिया पर्व’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा कम्युनिष्ट पार्टीका सदस्य नौ करोड



अ+ अ-

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको संख्या नौ करोड नाघेको पार्टीको संगठन विभागले जनाएको छ ।

पार्टी स्थापनाको ९८ वर्ष पुगेको अवसरमा सार्वजनिक गरिएको विवरणमा सन् २०१८ को अन्त्यसम्ममा ४६ लाख प्रारम्भिक कमिटी सदस्य रहेको उल्लेख छ ।

सन् २०१७ को तुलनामा पार्टीका सदस्यमा १० लाखले वृद्धि भएको छ । सन् २०१८ मा चिनियाँ कम्युनिष्ट पार्टीमा २० लाख नयाँ सदस्य थप गरिएको पार्टीले जनाएको छ जुन अघिल्लो वर्षभन्दा ३९ हजारले बढी हो ।

पार्टीका सदस्यमा नियुक्त गरिएकाहरुमा करिब ४५ प्रतिशत नयाँ सदस्यले उच्च अध्ययन गरेका छन् भने ८० प्रतिशतभन्दा बढी सदस्यहरु ३५ वर्ष वा सोभन्दा कम उमेरका रहेका छन् ।चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो ।