७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जम्मू कश्मीरमा मिनीबस दुर्घटना, ३० जनाको मृत्यु



अ+ अ-

काठमाडौं । भारत प्रशासित जम्मू कश्मीरमा सोमबार बिहान भएको सवारी दुर्घटनामा ३० जनाको ज्यान गएको छ ।

जम्मू कश्मीरको रिश्तवाडमा केशवन थकराई रोडबाट बस तल खस्दा बसमा यात्रारत ३० जनाको ज्यान गएको हो ।

दुर्घटनामा सात जना गम्भीर घाइते रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घाइतेहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

जेके १७–६७८७ नम्वरको मिनीबस ओभरलोडका कारण सडकबाट तल खसेको स्थानीय प्रहरीले जनाएका छन् ।

दुर्घटनामा परेकाहरुको उद्दार तत्कालै भएकाले घाइतेहरुलाई उपचारका लागि अस्पताल लैजान सकिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।