१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिनी ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु



अ+ अ-
सांकेतिक तस्विर


सप्तरी । सप्तरीको खडक नगरपालिका–५ खरचुहियास्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खडक नगरपालिका– ४ का २० वर्षीय सुरज चौधरी रहेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स२प ६३१९ को मोटर साईकललाई विपरीत दिशाबाट जाँँदै गरेको ना४ ख ७६५९ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा गम्भीर घाईते भएका मोटरसाईकल चालक चौधरीको उपचारका क्रममा सिरहास्थित सप्तऋषी अस्पताल लहानमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको सप्तरीका प्रहरी उपरीक्षक मनोजकुमार यादवले जानकारी दिए ।