७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइफा अवार्डका लागि सरकारले एक रुपैयाँ पनि दिइएकाे छैन : सञ्चारमन्त्री बाँस्कोटा



अ+ अ-

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्डका लागि सरकारले एक रुपैयाँ पनि नदिएको दाबी गरेका छन् ।

चलचित्र विकास बोर्डको १९ औं वाषिर्कोत्सवका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले आइफा अवार्डलाई नेपालमा आयोजना गर्नका लागि स्वीकृति दिने भनिएता पनि पैसा नै लगानी गर्ने भनने कुरा सरकारले नगेको बताएका छन् ।

उनले भने, आइफालाई १ अर्ब दिने निर्णय भयो भन्ने सुनेको छु, मैले मन्त्रिपरिषदको निर्णयको पाना पल्टाएर हेरेको छु । जम्मा एउटा वाक्य छ त्यसमा, आइफा अवार्डलाई नेपालमा आयोजना गर्नका लागि स्वीकृति दिने । त्यहाँ १ रुपैयाँ पनि दिने अनुमति भएको छैन ।’

फरक प्रसंगमा मन्त्री बाँस्कोटाले बालाजुमा चलचित्र विकास कम्पनीको नाममा रहेको २७ रोपनी जग्गा खानेलाई पानीमुनि गए पनि नछाड्ने बताए ।

मन्त्री बास्कोटाले चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि सरकारले दिएको जग्गा व्यक्तिले मोजमस्ती गरेर उडाउने क्रम बढेको भन्दै जग्गा खानेलाई पानीमुनि गए पनि नछाड्ने बताएका हुन् ।

यता मन्त्री बाँस्कोटाले विदेशी टेलिभिजन च्यानलहरुमा क्लिन फिड जसरी पनि लागू हुने बताए ।

मन्त्री बाँस्कोटाले कुनै पनि काम गर्दा विरोध आउनु स्वभाविक नै भएको बताउँदै क्लिन फिड लागू हुँदा नेपाली चलचित्रलाई पनि फाइदा हुने बताए ।

‘यो कुरा मेरो दिमागमा पहिले नै आएको थियो । सरकार क्लिन फिडको विषयमा स्पष्ट छ,’ बाँस्कोटाले भने, हामीसँग ब्याक गियर भन्ने नै छैन, क्लिन फिड जसरी पनि लागू हुन्छ ।’