७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारको मुद्दामा मुछिएका सशस्त्रका चार पूर्व महानिरीक्षकहरुलाई सफाइ



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरीका विभिन्न युनिटमा सामान ढुवानी गर्दा भ्रष्टाचारको मुद्दामा मुछिएका सशस्त्र प्रहरीका चार पूर्व महानिरीक्षकहरुलाई विशेष अदालतले सफाइ दिएको छ ।

सशस्त्र प्रहरीका पूर्व महानिरीक्षकहरु बासुदेव ओली, कोषराज वन्त, सनतकुमार बस्नेत र शैलेन्द्रकुमार श्रेष्ठलाई विशेष अदालतले सफाइ दिएको हो ।

विशेष अदालतका न्यायाधीशहरु बाबुराम रेग्मी, द्वारिकमान जोशी तथा प्रमोदकुमार श्रेष्ठको संयुक्त इजलासले सशस्त्र प्रहरीका चार पूर्व प्रमुखलाई सफाइ दिएको हो ।

उनिहरुले सामान ढुवानी गर्दा नक्कली कम्पनी खडा गरी करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।