१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेती नदीमा बगेर एक बेपत्ता



अ+ अ-

डोटी । सेती नदीमा नुहाउने क्रममा आज दिउँसो बगेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं ७ बस्ने ४० वर्षीय चक्र कुञ्जेडा रहेका छन् ।

दिपायल सिलगढी नगरपालिका वडा नं ४ स्थित सेती नदीमा आफन्तको मलामी आएका बेलामा नदीमा नुहाउने क्रममा कुञ्जेडा बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालयका प्रमुख कमलापती पन्तले जानकारी दिए । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीवासीले उनको खोजी गरिरहेका छन् । नदीमा पानीको बहाव बढी भएको तथा धमिलो पानी भएका कारण खोजीकार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

गर्मी बढेका कारण उक्त नदीमा नुहाउन जानेको सङ्ख्या बढ्दै गएकाले गत जेठ महीनादेखि अहिलेसम्म उक्त नदीमा बगेर पाँच जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।