९ मंसिर २०८१, आईतवार
,
Latest
आवासीय चिकित्सकको शिक्षण शुल्क बढाउँदै सरकार, आन्दोलनको तयारीमा चिकित्सकहरु पाकिस्तानमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा ८२ जनाको मृत्यु ‘स्त्री २’ को सफलतापछि राजकुमार रावले आफ्नो पारिश्रमिक बढाए ! मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध सरकारसँग व्यपारीहरुको मागः सहकारी समस्या तत्काल समाधान गरियोस् कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित अध्यक्ष दाहालद्वारा राईप्रति श्रद्धाञ्जली अर्पण ५ महिना नपुग्दै प्रतिनिधिसभाका सचिव अधिकारीको राजीनामा ‘विनियोजित बजेट संघीय प्रणालीअनुसार खर्च नभएसम्म पुँजीगत खर्च वृद्धि हुँँदैन’ गाजामा इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पताल हिँडेका वृद्ध दुई हप्तादेखि बेपत्ता



अ+ अ-

गलकोट । बागलुङ जिल्लाको गलकोट नगरपालिका–७ मल्मका ६३ वर्षीय लोकबहादुर केसी दुई सातादेखि बेपत्ता हुनुभएको छ ।

स्वास्थ्य उपचारका लागि बागलुङबाट बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल जान हिँड्नुभएका केसी असार ३ गते दिउँसो ३ बजे बुटवलकै ट्राफिकचोकदेखि हराउनुभएको इलाका प्रहरी कार्याल बुटवलका प्रहरी निरीक्षक श्रीकृष्ण पौडेलले बताउनुभएको छ ।

केसीले बोक्नुभएको मोबाइल नम्बरमा फोन गर्दा ‘स्वीचअफ’ बताएको केसीकी बुहारी रीता खत्रीले जानकारी दिनुभयो । केसीको अहिले रूपन्देही प्रहरी र बुटवल तथा भैरहवामा बस्दै आइरहेका आफन्तले खोजी तीव्र पारे पनि हालसम्म भेट्टाउन नसकेको खत्रीले बताउनुभयो ।

“हामीले बुटवल, भैरहवामा रहेका सबै गलकोटे दाजुभाइ, दिदीबहिनी, आफन्तजनसँग निरन्तर सम्पर्क गरिरहेका छौँ”, खत्रीले भन्नुभयो, “दुई हप्ता बित्दासमेत फेला पार्न सकिएको छैन ।”

केसीको खोजीका लागि रुपन्देही प्रहरीले नेपाल–भारत सीमामा रहेको सिसीटिभी फुटेज अवलोकन गरिरहेको जनाएको छ । दुई साता बित्दा पनि कुनै सङ्केत नभेट्दा आफन्त चिन्तित छन् । केसीको परिवारमा श्रीमती, छोरा, बुहारी, तीन छोरी र नातिनातिना छन् ।