७ पुष २०८२, सोमबार
,
Latest
नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीमा सर्पले टोकेर एक महिलाको मृत्यु



अ+ अ-

डोटी । डोटीमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ। शिखर नगरपालिका– २ मुडेगाउँ कालागाडमा ४२ वर्षीया जमुनादेवी कार्कीको सर्पले टोकेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान १० बजेतिर घर नजिकैको खेतमा काम गर्न जाने क्रममा सर्पले टोकेपछि उनलाई उपचारका लागि सुज‌ङ्घ अस्पताल राजपुर डोटीमा लगिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि सुदुरपश्चिम पृतना अस्पताल राजपुर डोटीको सर्पदंश केन्द्रमा उपचारका क्रममा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए।