७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको बानेश्वरबाट नगदसहित ८ जुवाडे पक्राउ



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको बानेश्वरबाट नगदसहित ८ जुवाडे पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–३१ स्थित जयराम ठकुरीको घरबाट नगद १ लाख उनान्सय हजार ५ सयसहित ८ जुवाडेलाई बुधबार नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीका अनुसार पक्राउ परेका ८ जनालाई अहिले बानेश्वर वृत्तमा राखेर अनुसन्धान भइरहेको छ ।