१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्मगुरु बम्जन तीन वर्षको लागि महाध्यानमा



अ+ अ-

काठमाडौं । धर्मगुरु गुरु रामबहादुर बम्जन तीन वर्षको लागि महाध्यानमा बसेका छन् ।

संघले बिहीवार राजधानीमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । विश्व शान्तिको निम्ति बम्जन पुनः महाध्यानमा बसेको संघले जनाएको छ ।

संघका अनुसार बम्जन कमलामाई नगरपालिका वडा नम्बर–८ पैरे सिन्धुलीमा रहेको आश्रम–काजोक्पामा ध्यानमा बसेका हुन् ।

उक्त महाध्यान समय अवधिभित्र अनेक विशिष्ट पूजाआजा र शिष्यहरुलाई धार्मिक प्रशिक्षण प्रदान गरिने पनि संघले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष निलबहादुर थिङले सम्पुर्ण जगत, संघ, धर्म र आम शुभचिन्तकहरुलाई गुरुले चालेको मार्गको बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गरिएको बताए ।


उनले भने,‘अहिले गुरु महाध्यानमा हुनुहुन्छ । उहाँको सुरक्षाको निम्ति सम्पुर्ण धर्म अनुयायी, भक्त तथा सरकारसंग सुरक्षाको माग गर्दछौ ।’
पहिलेपनि गूरुले ध्यान लगायतका बिभिन्न स्वबचन तथा आध्यात्मीक कार्य गर्दे आएको जनाउदै २०६२ देखि २०६८ सम्म तपस्या गरिसकेको बताउदै विश्व शान्तीको महामैत्रीका निमित्त अहिलेको महाध्यान केन्द्रित रहने पनि उनको भनाई छ ।


जारी महाध्यानबाट सम्पूर्ण प्राणी जगत, वनस्पती जगत र सम्पुर्ण अस्तित्वले ज्ञान, पुण्य तथा मुक्तिमोक्षको लाभ लिन सकिने संघले जानकारी गराएको छ ।


पत्रकार सम्मेलनमा अनुयायीहरु सुन्दर तामाङ, शुभलाल थिङ, कृष्णबहादुर ग्याबक, वृषध्वज वाईवा, पनित महर्जन, मंगल महर्जन र ढुण्डी बम्जन लगायतको उपस्थिति थियो ।