७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा बोक्सीको आरोप लगाउने दुई महिला पक्राउ



अ+ अ-

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बोक्सीको आरोप लगाउने दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महा–नगरपालिका–१६ बस्दै आएका ३३ वर्षीया सोममाया गुरुङ र सोही स्थान बस्ने २५ वर्षीया चन्द्रकला थापा रहेका छन् ।

उनीहरु विरुद्ध ३८ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई गालीगलौज गरी पिडा दिएको भनि बुधबार वडा प्रहरी कार्यालय वालिङमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले बताए ।

उनका अनुसार घटनाका आरोपित दुई महिलालाई बिहीबार जिल्ला अदालत स्याङ्जाबाट ‘भेदभाव तथा अन्य अपमानजन्य ब्यवहार सम्बन्धी कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ ।