१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीका १३ इन्सपेक्टरको काज सरुवा, को कहाँ ?



अ+ अ-

काठमाडौं । प्रहरीका १३ इन्सपेक्टरको काज सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा इन्सपेक्टर सन्तोषकुमार दाहाल आएका छन् । यसअघि बसपार्कमा रहेका मोहनबिक्रम केसी सामाखुसीस्थित पहरा गणमा पुगेका छन् ।

वडा प्रहरी कार्यालय नेपालगञ्जमा हरि बहादुर बस्नेतको सरुवा भएको छ ।पर्साको वडा प्रहरी कार्यालय बिर्तामा निर्मल पनेरु, सर्लाहिको ईलाका प्रहरी कार्यालय लालबन्दीमा नारायण थापा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा पविन्द्र बहादुर बमको सरुवा भएको छ ।

यस्तै कपिलवस्तु ट्राफिक प्रमुखमा टक्कर स्वाँर काज सरुवा भएका छन् ।कल्याण महाशाखामा इन्स्पेक्टर बासुदेव नेपाल लगायत १८ जनाको काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।