७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा प्रहरीद्वारा कैदीबन्दी भेटन आउने महिलाहरूमाथि यौनिक हिंसा



अ+ अ-

-द्रोण अधिकारी
भद्रपुर । झापा कारागार सुरक्षर्थ खटिएका प्रहरी पदीय आचरण विपरित महिला हिंसामा लाग्ने गरेको पाइएको छ । कैदीबन्दी भेटन आउने महिलाहरूलाई कारागारमा सुरक्षार्थ खटिएका प्रहरीले यौनिक हिंसात्मक नजरले हेरेर पीडा थप्ने काम गरेको पाइएको हो । चन्द्रगढी स्थित झापा कारागारमा थुनुवा तथा कैद भूक्तान गरिरहेका व्यक्तिलाई भेट्न आउने आफन्त युवती तथा पत्नीमाथि गिद्धे नजरले हेर्ने गरेको पीडित महिलाहरूको आरोप छ ।


कारागारमा खटिएका सइ नरेश आचार्यले आवत जावत गर्ने महिलाहरुलाइ रोकेर अनेकथरी विवरण सोधेर सम्पर्क नम्बर समेत लिने गरेको पीडित महिलाहरूले आरोप लगाउने गरेका छन् । कारागारको मूख्य प्रवेशद्वारमा नाम दर्ता गराउदा मोवाइल नम्बर र नाम समेत उल्लेख गर्ने नियम रहेको छ । सोही विवरणको आधारमा आफन्तलाइ भेटेर वाहिर निस्किएका महिलालाई बारम्बार फोन गरेर अनावश्यक कुरा गरी मानसिक पीडा दिने गरेको पीडित महिलाहरूले गुनासो गरेका छन् । जेलमा श्रीमान छ, भन्दैमा हामीमाथि प्रहरीको गलत नजर लगाउने, संवेदनशील अङ्गमा हेर्ने जस्ता व्यवहार प्रहरीले गरेको महिलाहरुको गुनासो छ ।

जेलमा रहेका श्रीमानलाई खाना लगायत अन्य कानूनले दिने सामग्री लिएर जादा गुणस्तरीय सामान प्रहरीले झिक्ने गरेको महिलाहरुको गुनासो छ । फेरि आउँदा मेरो लागि सामान लिएर आउनु भन्दै माग गरेको भेटन आउने आफन्तहरूको भनाइ छ । सुरू–सुरूमा राम्रै कुराहरू सोध्नु हून्थ्यो, म पनि भन्थे, श्रीमानलाई अप्ठ्यारो परेमा सहयोग गर्दिनु है जस्ता गफ हुन्थे, पछि त सइ सापले उल्टै आफुलाई गलत नजरले हेर्न थालेको पीडित भएकी एक महिलाको भनाइ छ । केही दिन अघि हवल्दार यादव मार्फत एनसेल नम्बरबाट कल गर्न लगाएर सइ सापले तपाइसँग भेटेर विर्तामोड डुल्न जाउँ भनेको उनको भनाइ छ । त्यस्तो कुरा गरेपछि आइन्दादेखि मलाइ फोन नगर्नु भनेर हवल्दारलाई सम्झाएको ती महिलाले बताइन् । सइले जिस्क्याएको कुरा श्रीमानलाई पनि जानकारी गराएको महिलाले सुनाइन् । हवल्दारको कुरा सइलाई जानकारी गराउदा समेत वास्ता नगरेको महिलाहरुको भनाइ छ ।

सइले नानी कती छन् ?। सिजर हो कि नर्मल ? तपाइसँग गफ गर्न मन लागिरहन्छ भन्ने गरेको अर्की महिलाले बताइन् । यो कुरा बाहिर आएमा जे सुकै पनि हुनसक्ने भन्दै आतङ्कित बनाएको समेत भनाइ छ । सइ कै कारण कारागारमा आफन्त भेट्न जान पनि तनाव भएको पिडित महिलाहरू भनाइ छ । कारागारका सुरक्षाकर्मीको कार्यशैली र व्यवहारले महिलामाथि डर र त्रास छाएको जनाइएको छ । सइको कार्यशैली प्रति दुवै तर्फका चौकीदार, जेलरलाई समेत जानकारी छ । तर, कारागार प्रशासनले सुरक्षाकर्मीको आचरण सुधार्न प्रयास नगरेको पीडितहरू बताउने गर्छन् ।

महिलाहरुले लगाएको आरोप गलत भएको सइ आर्चायले जानकारी दिए । कुनै गुनासो भए प्रहरीसँग भन्नु पर्नेमा वाहिर गएर भनेको कुरामा कुनै सत्यता नभएको उनको भनाइ छ । कारागारमा प्रहरीले गरेको अभद्र कार्यशैलीका बारेमा कुनै जानकारी नआएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।