११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउनेलाई सरकारले छाड्दैन : मन्त्री बास्कोटा

प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउनेलाई  सरकारले छाड्दैन : मन्त्री बास्कोटा
अ अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पे्रसलाई रोक्ने र कलम दबाउने काम सरकारले नगर्ने स्पष्ट पारेका छन् ।उनले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको नाममा अराजकता फैलाउने कामलाई भने सरकारले नियन्त्रण गर्ने बताए । उनले सरकारले अराजकता रोक्न खोज्नुलाई दम्भ भन्न नमिल्ने तर्क गरे ।

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले अपुष्ट समाचारहरुलाई पनि प्रेस स्वतन्त्रताको नाममा सञ्चार जगतले सम्प्रेषण गरिनै रहेको भन्दै व्यङ्ग्य गरे ।

उनले भने “प्रेस चलेकै छन् एकदम राम्ररी । एकदम राम्रोसँग चलिरहेका छन् । र सबैले आफूलाई लागेको कुरा भएपनि नभएपनि पुष्टि भएपनि नभएपनि गजबले गरि राख्न पाउनुभएको छ । त्यसैले यो कुरै छैन जस्तो लाग्छ मलाई । एकदम स्वतन्त्र छ । ”

संसद सार्वभौम भएकाले विधि निर्माणको थलो संसदलाई नै बनाउनुपर्ने भन्दै उनले छलफल गरेर मिडिया काउन्सिल विधेयकलाई राम्रो बनाउन सकिने बताए । उनले संसदभित्र छलफल नै नगरी संसद बाहिर विधेयकका बारेमा नकारात्मक प्रचारबाजी गर्नुको अर्थ नरहेको बताए ।

उनले सरकारले समानुपातिक विज्ञापन प्रणाली लागु गरेपछि अहिले दिँदै आएको लोककल्याणकारी विज्ञापन रोकिने बताए ।

उनले भने “लोककल्याणकारी विज्ञापन दिनै पर्छ भन्ने चाही के छ ? अप्ठ्यारो के पर्यो भने विपी कोइरालाको पालामा सुरु भएको । अब झिकिदिउँ भने फेरी अथ्र्योकै पर्ला भनेर कायम राखेको । तर समानुपातिक विज्ञापन प्रणाली आएपछि यो रहने छैन । किनभने डबल पर्न जान्छ । डबल गर्न सकिँदैन । ”