१२ मंसिर २०८१, बुधबार
,
Latest
फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो उद्योगहरूको बिजुली तत्काल नकाट्ने प्राधिकरण बोर्डको निर्णय उद्योगहरूको बिजुली नकाटिने बाढीपहिरोको दुई महिनाः सुरक्षित बासस्थानको माग गर्दै पीडित चितवन राइनोजले आफ्ना समर्थकलाई खेल देखाउन चितवनदेखि काठमाडौँसम्म फ्रिमा बस व्यवस्था गर्ने कीर्तिपुर नगरपालिका उपनिर्वाचनः मतदाता रिझाउँदै उम्मेदवार आईपीएलमा सबैभन्दा महँगा ऋभष पन्तले पूरा रकम नपाउने, विदेशी खेलाडीले दोब्बर कर तिर्नुपर्ने बूढानीलकण्ठमा कांग्रेसका शीर्ष नेताको बैठक सरकारको निर्देशन बमोजिम नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछुः अध्यक्ष श्रेष्ठ ५५ करोडको अनलाइन सट्टेबाजी गरेको आरोपमा एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले आगामी वर्ष जनताले देख्ने खालका काम गर्छ: उपप्रधानमन्त्री पोखरेल



अ+ अ-

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले आगामी वर्ष जनताले देख्ने खालका काम गर्ने बताएका छन् । पर्सा जिल्लाका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अगुवा कार्यकर्तासँगको भेटघाटमा उहाँले सरकार गठनपछिको पहिलो एक वर्ष कानून निर्माणमा सरकार बढी केन्द्रित भएको बताएका हुन् ।

सरकारले गर्छु भनेर प्रतिबद्धता जनाएको कामहरु पाँच वर्षभित्रै सम्पन्न हुने विश्वास दिलाउँदै मन्त्री पोखरेलले विकास र समृद्धिको जग यही सरकारका समयमा निर्माण हुने प्रतिबद्धता जनाए । सरकारले घोषणा गरेका प्रतिबद्धता नबिर्सिएको उल्लेख गर्दै उनले भने, “जनताले देख्ने र महसुस गर्ने काम आगामी वर्षमै हुनेछ ।”

विचारका मामिलामा पार्टीभित्र देखिएका विवाद वा छलफललाई कार्यकताले सामान्य मान्नुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री पोखरेलले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र दुवै फरक पृष्ठभूमिबाट आएकाले केही फरक मत देखिन सक्ने बताए । आगामी एक महीनाभित्रमा सङ्गठनात्मक सुधारका धेरै काम हुनेमा जोड दिँदै उनले भने, “कार्यकर्ता व्यवस्थापनका धेरे कामहरु यो एक महीनामा सम्पन्न हुनेछ ।”

उपप्रधानमन्त्री पोखरेसँग पार्टीका अगुवा कार्यकर्ताले पार्टीभित्र देखिएको आन्तरिक विवाद, सरकारको कामकारवाही, एकीकरणको बाँकी कामको अवस्थालगायत विषयमा जिज्ञासा राखेको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।