१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखामा पहिरोमा परि दुई गम्भीर घाइते, हेलिकप्टरबाट काठमाडौं लगियो



अ+ अ-

दोलखा । उत्तरी दोलखाको गौरीशंकर गाउँपालिकाको पहिरोमा परि एक दम्पत्ति गम्भीर घाइते भएका छन्। घाइते हुनेमा गौरीशंकर गाउँपालिका–८, छेसाखारेका करिब ५५ वर्षीय धनबहादुर मगर र उनकी श्रीमती करिब ५० वर्षीया गोरीमाया मगर रहेका छन् ।

शनिबार घाँस काट्न गएका बेला उनिहरुलाई करिब ५० मिटर माथिबाट खसेको पहिरोबाट उछिट्टिएको ढुंगाले लागेको थियो । उनीहरूको सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेर हेलिकप्टरमार्फत काठमाडौं रेफर गरिएको दोलखा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए ।

धनबहादुरको टाउकोमा र गोरीमायाको शरीरभर चोट लागि अचेत रहेको स्वास्थ्यकर्मीले बताएका छन्।घटनास्थल सदरमुकाम चरिकोटबाट करिब ६२ किलोमिटर उत्तरमा पर्छ।