२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ बुँदे प्रस्ताब पारित गर्दे नेकपा(एकीकृत समाजवादी)को बैठक सम्पन्न



अ+ अ-

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)ले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीको सम्पूर्ण शक्तिलाई परिचालन गर्ने निर्णय गरेको छ । बिहीवार सम्पन्न भएको नेकपा(एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्तिलाई परिचालित गर्ने निर्णय गरेको हो ।

बैठकले निर्वाचनमा पार्टीको शक्तिलाई परिचालित गर्नेगरी कार्ययोजना पारित गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो । त्यसैगरी एमसीसीको विपक्षमा रहेका मतहरुलाई पार्टीको बौद्धिक सम्पतिको रुपमा राखी आवश्यकता अनुसार आगामी दिनमा छलफल गर्ने र अहिले भने केन्द्रीय कमिटी बैठकले गरेको निर्णयलाई स्वीकार गरि अघि बढ्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । बैठकले पार्टी अध्यक्ष माधव कुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र मोर्चा संगठन सञ्चालन निर्देशिका तथा सम्पर्क मञ्च सञ्चालन निर्देशिका केन्द्रीय सदस्यहरुले दिएको सुझावलाई समेटेर पारित गरेको छ । पारीत भएको प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय राजनीतिको परिस्थितिको विश्लेषण, एमसीसी र त्यसको व्याख्यात्मक घोषणाको चर्चा, पार्टीको संगठनात्मक कार्यहरुको समिक्षा र पार्टीको आगामी कार्ययोजना लगायतका विषय समेटिएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो । बैठकले यस अघि पार्टीको केन्द्रीय सचिवालय र स्थायी कमिटी बैठकले गरेको राजनीतिक र सांगठनिक निर्णयहरु पनि अनुमोदन गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘यो बैठकबाट हामीले हाम्रो पार्टीलाई आगामी स्थानीय तहको चुनावमा पार्टीको सम्पूर्ण शक्तिलाई परिचालित गर्नेगरी कार्ययोजनाहरु पारित गरेका छौँ । एमसीसीको बारेमा आजभन्दा अगाडी भएका संवाद, विवाद, दबाब यि सबै कुरालाई पार्टीको सम्पतिको रुपमा अंगिकार ग¥यो र पार्टी केन्द्रीय कमिटीको बैठकलेसहित त्यसलाई अनुमोदन ग-यो र यो निर्णयलाई लिएर अगाडी जाने टुंगोमा हामी पुग्यौँ । पार्टीभित्र रहेका फरक–फरक दृष्टिकोणहरु जुन पक्ष, विपक्षमा थिए, एमसीसीको विपक्षमा रहेका धारणाहरुलाई पनि पार्टीको विचार, बौद्धिक सम्पतिको रुपमा राख्ने र आवश्यकता परेको बेलामा त्यसमा फेरी छलफल गर्ने, अहिले पार्टी केन्द्रीय कमिटीले गरेको निर्णयलाई सर्वोपरी निर्णय मान्दै, स्वीकार गर्दै अगाडी बढ्ने हाम्रो पार्टीले निर्णय गरेको छ ।’

बैठकले १५ बुँदे समसामयिक प्रस्तावहरु पनि पारित गरेको छ । विश्वका विभिन्न देशहरुमा युद्ध भइरहेको प्रति एकीकृत समाजवादीले खेद प्रकट गर्दै आक्रमणमा परेकाहरुप्रति सहानुभुति प्रकट गरेको छ । पेट्रोलियम पद्धार्थमा भएको मुल्यवृद्धिले जनताको जनजिवन कष्टकर बनेकाले सरकार सँग दैनिक उपभोग्य बस्तुको मुल्यवृद्धि नियन्त्रण गर्न माग गरिएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो । बैठकले मुलुकको आर्थिक अवस्थाप्रति संवेदनशील हुँदै आमुल आर्थिक सुधार र विकास सम्बन्धी ठोस कार्यक्रम र नीति तर्जुमा गर्न सरकार सँग आव्हान गरेको पनि उहाँले बताउनुभयो । प्रवक्ता खतिवडाले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका सम्पूर्ण दलहरुसँग सहकार्य गरी गठबन्धनका उम्मेदवारहरुलाई निर्वाचित गराउन र स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त र जनमुखि ढंगले परिचालन गर्न बैठकले प्रतिवद्धता गरेको पनि स्पष्ट पार्नुभयो ।

सुकुम्बासी समस्या समाधान आयोगले सही सुकुम्बासीको यथाशीघ्र पहिचान गरी प्रभावकारी ढंगले दिर्घकालीन समाधानको पहल गर्न समाजवादीले आव्हान गरेको छ । त्यस्तैगरी, पञ्चायत कालमा राजनीतिक पूर्वाग्रहका कारण निष्काशनमा परेका शिक्षकहरुलाई पुर्नबहाली गर्न सरकार सँग माग गरिएको छ । त्यसैगरी बैठकले सरकार सञ्चालनका लागि गठबन्धनले तयार पारेको साझा न्यूनतम कार्यक्रमलाई सरकारले पूर्ण रुपमा कार्यान्वय गर्न पनि माग गरेको प्रवक्ता खतिवडाले बताउनुभयो । केन्द्रीय कमिटी बैठक बुधवारदेखि सुरु भएको थियो ।