७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ग्रीन तुलसीपुर क्लिन तुलसीपुर’ अभियानको १५० हप्ता



अ+ अ-

नारायणी रजौरे
दाङ । तुलसीपुर उपमहानगरपालिका–७ का ७५ वर्षीय खुमानन्द अधिकारी प्रत्येक मङ्गलबार बिहान कम्तीमा दुई किलोमिटर पैदल हिँडेर तुलसीपुर पुग्नुहुुन्छ ।

दुई किलोमिटर पैदल हिँड्नु उहाँको बाध्यता र रहर होइन, सरसफाइ कार्यक्रममा सहभागी हुन उहाँ तुलसीपुर आउने गर्नुहुन्छ । सफाइ कार्यक्रममा एक घण्टा खट्नुहुन्छ र फेरि पैदलै हिँडेर घर फर्किनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हाम्रो शहर सफा स्वच्छ र हरियाली हुन्छ भने हप्तामा एक दिन समय किन नदिने ?”

उहाँको यो निरन्तरता गएको तीन वर्षदेखि हो । तुलसीपुरमा सञ्चालन भएको ‘क्लिन तुलसीपुर, ग्रीन तुलसीपुर’ नागरिक सरसफाइ अभियानमामा उहाँको यो निरन्तर सक्रियता देखेर अरु सहभागीलाई पनि ठूलो प्रेरणा मिलेको छ ।

ज्येष्ठ नागरिकको हकहित तथा अधिकारको प्रवद्र्धनमा विगत लामो समयदेखि सक्रिय रहनुभएका अधिकारी सरसफाइ अभियानमा पनि निकै सक्रिय हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “तुलसीपुर बजार सफा भएको छ तर यति मात्र भएर हुँदैन, यसलाई हरियालीमार्फत रमणीय र सुन्दर शहर बनाउनुपर्छ ।”

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–६ का टोपबहादुर महतराको सक्रियता पनि यस्तै उदाहरणीय नै छ । उहाँ पनि विगत लामो समयदेखि सधैँ यो अभियानमा सहभागी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सरसफाइ अभियानले नगरलाई स्वच्छ, हराभरा राख्न मद्दत पुगेको भए पनि यतिमा नै सीमित हुनुहुँदैन ।”

विगतका दिनमा सरसफाइ शुरु गर्दा आफूहरुले धेरैको भनाइ खानु परेको उहाँको अनुभव छ । “अभियानको शुरुआत गर्दा स्थानीयले हामीलाई राम्रो मानेनन्, कतिले त हाम्रो कामका लागि सडकमा आएजस्तो पनि गरे, तर अहिले अभियानलाई सहयोग गर्छौं भन्दा खुशी लाग्छ”, महतरा भन्नुहुन्छ ।

क्लिन तुलसीपुर ग्रिन तुलसीपुरको १५० औँ हप्ताको समीक्षा गरियो । कार्यक्रममा सहभागी र वक्ताले अभियानले आम नागरिकमा सरसफाइप्रति जागरण ल्याएकाले अब यसलाई सबै वडामा विस्तार गर्नुपर्ने सुझाव दिनुभयो । उनीहरुले सरसफाइमा कडाइ गर्न उपमहानगरपालिकालाई पनि सुझाव दिएका छन् ।

लाइन्स क्लब दाङका अध्यक्ष यज्ञबहादुर केसीले अब तुलसीपुर उपमहानगरपालिकाले जुन घर वा टोलमा फोहर छ त्यहाँ सरसफाइ स्टीकर टाँस गर्न सुझाव दिनुभयो । उहाँले बजारमा कहाँ फोहर छ, कहाँ सुधार गर्नुपर्छ, अनुगमन टोली गठन गरेर अनुगमन कार्य अघि बढ्नुपर्छ, उहाँ भन्नुहुन्छ ।

अध्यक्ष केसी भन्नुहुन्छ, “अहिले पनि बजारमा लुकिछिपी फोहर फाल्ने, बजारका सडकमा लामो समयदेखि ढुङ्गा गिट्टी थुपार्ने काम भइरहेको छ, यसलाई उपमहानगरपालिकाले कानूनी दायरामा ल्याउनुपर्छ ।”

त्यसैगरी सरसफाइ अभियानमा लामो समयदेखि निरन्तर लागि रहनु भएका तुलसीपुर– ७ का ४६ वर्षीय ईश्वरी गैरेले यो अभियान शुरु हुनुभन्दा पहिलेको अवस्थाको चित्रण गर्दै अभियानका कारण आएको जागरण र परिवर्तनको प्रशंसा गर्नुभयो ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरबहादुर रावतले तुलसीपुर बजारलाई सफा र सुन्दर नगरी बनाउन आफूहरुले शुरु गरेको यो अभियानलाई सार्थक बनाउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यसपटक उपमहानगरपालिकाको १९ वटै वडामा सम्बन्धित वडाध्यक्षसँग समन्वय गरेर सरसफाइ र वृक्षरोपण कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।

यस अभियानका अभियन्ता विमल रिजालले आफू वाग्मती सरसफाइ अभियानबाट प्रभावित भएर तुलसीपुरलाई सुन्दर सफा र हरियाली शहर बनाउन यो अभियान शुरु भएको बताउनुभयो ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भएको बेला आफैँले यसको थालनी गरेको र हाल यस अभियानमा जिल्लाका उद्योग वाणिज्य सङ्घले पनि सहयोग गरेको बताउनुभयो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सरसफाइ अभियानमा निरन्तर रुपमा लागिरहने व्यक्ति, सङ्घ, संस्थाका प्रतिनिधिलाई अनुकूल समय मिलाएर सम्मान गरिने जानकारी दिनुभयो । उहाँले यो अभियानले नागरिकमा मनोवैज्ञानिक प्रभाव पारेको बताउँदै राम्रो कामका लागि सबैको एकता र समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घका तत्कालीन अध्यक्ष विमल रिजालको अगुवाइमा विसं २०७३ भदौ ७ गते यो अभियान तुलसीपुरको अरनिको मैदानमा सरसफाइ र राष्ट्रिय समाचार समिति दाङ कार्यालयको प्राङ्गणमा पाँच वटा बिरुवा रोपेर शुरु भएको थियो । यहाँका धेरै सङ्घ संस्थासँग सहकार्य गरी तुलसीपुर उद्योग वाणिज्य सङ्घले ५० हप्तासम्मको कार्यक्रम सञ्चालन गरेको थियो । ५१ औँ हप्तामा तुलसीपुरमा एक विशेष कार्यक्रम गरी सुन्तली, धुर्मुस फाउण्डेशनका सीताराम कट्टेलको उपस्थितिमा यो अभियानलाई तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।

तुलसीपुर बजार क्षेत्रबाट दैनिक २० देखि २२ टनसम्म फोहर उत्पादन हुने गरेको तुलसीपुर उपमहानगरपालिकाका वातावरण शाखाले जनाएको छ । फोहर बोक्ने सवारीसाधन पर्याप्त नहुँदा दैनिक पाँचदेखि पाँच टन फोहर उठ्न नसकेको वातावरण शाखाका खेमकान्त पाण्डेले जानकारी दिनुभयो ।

स्थायीरुपमा फोहर विर्सजन गर्ने ठाउँ नहुँदा हाल तुलसीपुर उपमहानगरपालिका–६ स्थित स्याउली बजारको कुकुने भजनामा विर्सजन गरिँदै आइएको छ ।