११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

विपद् व्यवस्थापनमा जुट्दै प्रदेश सरकार

विपद् व्यवस्थापनमा जुट्दै प्रदेश सरकार
अ अ+ अ-

रुपन्देही । वर्षातको शुरुवातसँगै प्रदेश नं ५ सरकार उद्दार र राहतमा जुटेको छ । वर्षाको समयमा हावाहुरी, बाढी पहिरो र चट्याङका कारण ठूलो क्षति हुने भएका कारण विपद् व्यवस्थापन योजना बनाएर प्रदेश सरकारले काम गरिरहेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले विपद् व्यवस्थापन समिति र प्रहरीसँग मिलेर विपद् प्रभावित जिल्लामै गएर राहत वितरण गरेको छ । यो वर्ष हावाहुरीबाट सबैभन्दा धेरै अर्घाखाँचीमा क्षति भएको छ । विपद् प्रभावित जिल्लामा अहिलेसम्म रु ९२ लाख ६० हजार बराबरको राहत सामग्री वितरण गरिएको मन्त्रालयका सूचना अधिकारी नारायण अर्यालले जानकारी दिनुभयो ।

विपद् व्यवस्थापनका लागि मन्त्रालयले सामग्री खरीद गर्ने अख्तियारी विपद् व्यवस्थापन समिति र प्रदेश प्रहरी कार्यालयलाई दिएको छ । प्रदेशका १२ वटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई रु ६० लाख र प्रदेश प्रहरी कार्यालयलाई रु पाँच लाख बराबरको उद्दार र राहत सामग्री खरीद गर्ने अख्तियारी दिइएको अर्यालले बताउनुभयो ।

मन्त्रालयमा विपद् व्यवस्थापन सामग्री भण्डारण नगरिए पनि जिल्लामै सामग्री खरीदका लागि बजेट उपलब्ध गराइएको उहाँले बताउनुभयो । विपद् व्यवस्थापनको योजना बनाउन मन्त्रालयले पाल्पा, गुल्मी, प्यूठान, दाङ, कपिलबस्तु ,बाँके, र्बिदया र नवलपरासीमा सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रम गरी विपद्को आकलन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा विपद्बाट हुने क्षति वर्सेनी बढ्दै गएकाले दीर्घकालीन व्यवस्थापन योजना बनाउने तयारीमा मन्त्रालय लागेको सूचना अधिकारी अर्यालले बताउनुभयो । मन्त्रालयले विपद्पछिको उद्धारलाई छिटो छरितो र प्रभावकारी बनाउन बुटवल, दाड र बाँकेमा प्रकोप व्यवस्थापन केन्द्र बनाउने तयारी गरेको छ । प्रदेश प्रहरीले सम्भावित प्रकोपजन्य घटनाको उद्धारका लागि प्रदेशमा १२५ जना तालीम प्राप्त सुरक्षाकर्मी तयार गरेको छ ।

प्रहरी निरीक्षक दिवाकर रिजालको नेतृत्वमा रहेको उक्त विपद् व्यवस्थापन गुल्म प्रदेश प्रहरी कार्यालयमा तयारी अवस्थामा छ । वर्षाजन्य प्रकोप शुरु भएपछि त्यसलाई बुटवलस्थित दङ्गा प्रहरी गण र बाँकेको खजुरा गणमा राखिनेछ । प्रदेश नं ५ मा विपद्बाट हुने क्षति वर्सेनी बढ्दै गएको तथ्याङ्कले देखाउँछ । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार प्रदेशका १२ जिल्लामा अघिल्ला तीन वर्षमा प्राकृतिक विपद्बाट २८० जनाले ज्यान गुमाएका थिए भने २३४ जना घाइते भएका थिए ।

सो अवधिमा चार हजार ९५४ चौपाया मरेका छन् भने एक हजार ७३३ घाइते भएका छन् । विपद्कै कारण ३९ हजार ५१७ वटा घर र एक हजार ७८१ वटा गोठमा नोक्सानी पुगेको छ । यो प्रदेशमा प्राकृतिक विपद्बाट प्रतिवर्ष ८४ जनाको ज्यान जाने गरेको छ भने ७५ जना घाइते हुने गरेका छन् । 

प्रकोपको क्षति बढ्को अवस्थामा रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताउनुभयो । प्रदेशका १२ जिल्लामध्ये विपद्बाट सबैभन्दा धेरै मानवीय क्षति हुने जिल्ला दाङ हो । विपद्बाट विगत तीन वर्षमा दाङमा ६४ जनाको ज्यान गएको छ । दोस्रो धेरै मानवीय क्षति हुने जिल्ला कपिलवस्तु रहेको छ ।