२ असार २०८३, मंगलवार
,
Latest
अमेरिका–इरान शान्ति सम्झौतापछि ब्रेन्ट तेलको मूल्य ८० डलरभन्दा तल रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ दुर्गमका सामुदायिक विद्यालयमा निःशुल्क स्वास्थ शिविर अमेरिका–इरान समझदारीपछि शान्तिको आशा तर महत्वपूर्ण विषयमा मतभेद कायमै भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर आग्रह परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान बजेटले स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्न मद्दत गर्छ : मन्त्री लिंथेप खेलकुदमन्त्री पोखरेलद्वारा कर्णाली प्रदेश रङ्गशाला निरीक्षण संविधान विपरीत हिँड्ने छुट अर्थमन्त्रीलाई छैन: पूर्वप्रधानन्यायायाधीश कल्याण श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातो कार्पेट प्रकरणमा प्रधानमन्त्रीको टिप्पणी : सरकारविरुद्ध भ्रम फिजाउने मिसन पत्रकारिता



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार त्रिभुवन विश्व विद्यालयको ६० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुँदा हिलोमाथि रातो कार्पेट विछ्याइएको बिषयमा टिप्पणी गरेका छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यसलाई मिसन पत्रकारिताको संज्ञा दिए । उनले भने, ‘हिजो पानी परेछ । कार्पेट भिज्यो, सबै ठूला समाचार त्यही बन्यो । यो मिसनअन्तरगत भइरहेको कुरा हो ।’

प्रधानमन्त्री ओलीले सरकारविरुद्ध भ्रम फिजाइएको भन्दै असन्तुष्टि जनाए। ‘भ्रम फिजाउने काम भइरहेको छ । भ्रममा रमाउनेहरू रमाइरहेका छन् । किनारामा बसेर हेर्नेहरू हेरिरहेका छन् । तर सरकार अगाडि बढिरहेको छ’, उनले अघि भनेका छन् ।

उनले अर्को समाचारलाई लिएर पनि असन्तुष्टि जनाए । ‘कालोपत्र नगरिएको बाटो हिलो भएछ, ठूलो फोटोसहित छापिएको छ’, उनले व्यंग्यात्मक शैलीमा भने, ‘मेरो कमजोरी नै हो ! एक वर्ष प्रधानमन्त्री भएर पनि देशभरिका बाटाहरू कालो पत्र गर्न भ्याइनँछु ।’उनले अघि भने, ‘धन्य छ मिसन पत्रकारिता ।’

बुधबार त्रिभुवन विश्व विद्यालयको ६० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीलाई हिलोमाथि रातो कार्पेट विछ्याइएको थियो । त्यो तस्वीर सञ्चार माध्यमहरूमा आएपछि समाजिक सञ्जालमा सरकार र त्रिवि प्रशासनको चर्को आलोचना भएको थियो ।