८ आश्विन २०८१, मंगलवार
,
Latest
सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातो कार्पेट प्रकरणमा प्रधानमन्त्रीको टिप्पणी : सरकारविरुद्ध भ्रम फिजाउने मिसन पत्रकारिता



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार त्रिभुवन विश्व विद्यालयको ६० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुँदा हिलोमाथि रातो कार्पेट विछ्याइएको बिषयमा टिप्पणी गरेका छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यसलाई मिसन पत्रकारिताको संज्ञा दिए । उनले भने, ‘हिजो पानी परेछ । कार्पेट भिज्यो, सबै ठूला समाचार त्यही बन्यो । यो मिसनअन्तरगत भइरहेको कुरा हो ।’

प्रधानमन्त्री ओलीले सरकारविरुद्ध भ्रम फिजाइएको भन्दै असन्तुष्टि जनाए। ‘भ्रम फिजाउने काम भइरहेको छ । भ्रममा रमाउनेहरू रमाइरहेका छन् । किनारामा बसेर हेर्नेहरू हेरिरहेका छन् । तर सरकार अगाडि बढिरहेको छ’, उनले अघि भनेका छन् ।

उनले अर्को समाचारलाई लिएर पनि असन्तुष्टि जनाए । ‘कालोपत्र नगरिएको बाटो हिलो भएछ, ठूलो फोटोसहित छापिएको छ’, उनले व्यंग्यात्मक शैलीमा भने, ‘मेरो कमजोरी नै हो ! एक वर्ष प्रधानमन्त्री भएर पनि देशभरिका बाटाहरू कालो पत्र गर्न भ्याइनँछु ।’उनले अघि भने, ‘धन्य छ मिसन पत्रकारिता ।’

बुधबार त्रिभुवन विश्व विद्यालयको ६० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीलाई हिलोमाथि रातो कार्पेट विछ्याइएको थियो । त्यो तस्वीर सञ्चार माध्यमहरूमा आएपछि समाजिक सञ्जालमा सरकार र त्रिवि प्रशासनको चर्को आलोचना भएको थियो ।