८ आश्विन २०८१, मंगलवार
,
Latest
सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातारको वर्षापछि धनगढी बजार डुबानमा, सचेत रहन आग्रह



अ+ अ-

कैलाली । लगातारको वर्षापछि कैलालीको सदरमुकाम धनगढी बजार क्षेत्रका केही भागहरु डुबानमा परेका छन् ।

पानीको उचित निकासका लागि ढलको व्यवस्था नहुँदा निर्माणाधीन अत्तरिया–मोहना ६ लेन सडक निर्माणका कारण पनि केही भूभाग डुबानमा परेको हुन् ।पानी पर्ने वित्तिकै वर्षेनी यो क्षेत्र डुबानमा पर्ने गरेको छ ।

केही परिवार विस्थापित भएका छन् । डुबानमा परेका घर भित्रका लत्ताकपडा, खाद्यन्न र इलोक्ट्रोनिक्स समाग्री भिजेका छन् । विशालनगरका एकसय भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । कलकारखाना, उद्योग र बजार खुल्न सकेको छैन ।

त्यसैगरी कैलालीको मोहना र कर्णाली नदीमा पानीको सतह बढ्दै गएको छ । उक्त नदीका तटीय क्षेत्रमा बसेका बासिन्दा डुबानमा पर्ने डरले चिन्तित छन् ।

जिल्ला विपद व्यवस्थापन समितिका सम्पर्क व्यक्ति एवं कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले खोलाको जलस्तर सामान्य वृद्धि भए पनि खतरामुक्त रहेको बताए ।उनले नदी किनारका बस्तीहरुलाई सचेत रहन आग्रह गरिएको बताए ।

ठूला नदीहरु कर्णाली, मोहना, पथरैया, गौरिगंगालगायतमा जलस्थर बढ्न सक्ने भन्दै ती नदी किनारका बस्तीहरुलाई सतर्क रहन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए । कर्णाली र मोहना तटीय क्षेत्रमा जिल्लाका दुई दर्जन भन्दा बढी गाविस पर्छन् ।

कर्णालीको जलस्तर बिहीबार विहानसम्म ६.५४ रहेको चिसापानीस्थित कर्णाली नदी मापन केन्द्रले जानकारी दिएको छ ।कर्णाली नदीमा १५ मिटर माथिको पानीको सतह पुगेपछि गाउँमा खतराको साइरन लाग्ने गरेको छ । मोहना नदीमा ९ मिटर पुगेपछि साईरन बज्छ ।