८ आश्विन २०८१, मंगलवार
,
Latest
सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलमग्न विराटनगर, मुख्यमन्त्री कप धरानमा सारियो



अ+ अ-

विराटनगर । तीन दिनदेखि लगातार परेको वर्षाका कारण विराटनगर जलमग्न बनेको छ । बजार क्षेत्रमा परेको पानी निकास हुने नाला भत्किएका कारण बजार क्षेत्र जलमग्न बनेको हो ।

विराटनगर मुख्यबजार क्षेत्रमा क्षेत्रिय सहरी विकास परियोजना अन्तरगत सडक ढल तथा निकाश नाला निर्माणको काम भइरहेको छ । असार लागेका कारण परियोजनाको काम पनि रोकिएको छ । तर बजार क्षेत्रमा भत्काइएका निकाश नाला मर्मत नहुँदा पानीले बजार क्षेत्र जलमग्न भएको हो ।

परेको पानी निकाश नहुँदा कोशी अस्पतालमा प्रवेश द्वार नै जलमग्न छ । सेवाग्राहीहरू कष्टले अस्पताल प्रवेश गर्नुपर्ने अवस्था छ । विराटनगर महानगरपालिकाले क्षेत्रिय सहरी विकास परियोजनाको कामलाइ द्रुतगतिमा सञ्चालन नगर्दा गत वर्षपनि सानो पानी पर्दा बजार क्षेल जलमग्न थियो ।

बाटोको चारैतर्फ जमेको पानी स्थानीय व्यापारीहरूको सटर र पसलमा समेत प्रवेश गरेको छ । सटर र पसलहरूमा पानी छिरेका कारण बेच्नका लागि राखिएका सामग्री नष्ट भएर आर्थिक क्षति बेहोर्नु परेको स्थानीय व्यापारी विजय महतोले गुनासो गरे ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली विराटनगर दरैया क्षेत्र बढी डुबानमा परेको बताउँछन् । उनका अनुसार विराटनगररको उत्तरी क्षेत्रमा भन्दा दक्षिणी क्षेत्र बढी डुबानमा परेको छ ।

विराटनगरको बजार क्षेत्र निर्माणको चरणमा रहेका कारण पानी पर्दा डुबानमा परेको मेयर भीम पराजुली बताउँछन् । पानी ब्लकेज भएपछि बजार क्षेत्रमा स्काभेटर प्रयोग गरेर ब्लकेज खोल्ने काम भइरहेको उनको भनाइ छ । महानगरपालिका निर्माणको चरणमा रहेका कारण जनताले दुःख पाएको बताउँदै उनले सर्तक रहन आग्रह गरे ।

पानीकै कारण विराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप पनि धरान सारिएको छ । मुख्यमन्त्री कप आज बिहीबारदेखि सुरु गर्ने कार्यतालिका थियो । तर उद्घाटन खेल हुने विराटनगर शहीद रंगशाला पानीले डुबेपछि प्रतियोगिता धरानमा सारिएको हो ।