८ आश्विन २०८१, मंगलवार
,
Latest
सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानको जाली फुट्नु त के एक थप्पड समेत हानेको छैन : छविराज



अ+ अ-

काठमाडौं । निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच सहमति भएको छ । निर्माता ओझाले प्रहरीसमक्ष शान्ति सुरक्षामा कुनै पनि आँच आउने कुरा नगर्ने प्रतिबद्धता जनाएपछि दुवैबीच सहमति भएको प्रहरीले जनाएको छ ।

शिल्पाले दिएको निवेदनका आधारमा छविलाई छलफलका लागि परिसरमा बोलाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । उनीहरुलाई बिहान १० बजे छलफलका लागि प्रहरी परिसरमा बोलाइएको थियो ।

अभिनेत्री शिल्पा पोखरेलले ओझाविरुद्ध घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी गरेपछि महानगरीय प्रहरी परिसर काठमाडौले उनलाई बोलाएको थियो । छबिले शिल्पा कसैको निर्देशनमा आफूविरुद्ध लागेको आरोप लगाएका छन् । ‘मेरो चरित्र पूरै चलचित्रकर्मी र चलचित्र उद्योगलाई थाहा छ । कानको जाली फुट्नु त के एक थप्पड समेत हानेको छैन’, उनले भने ।

ओझाले आफूले कुनै हिंसा नगरेको दाबी गरे । ‘हाम्रो ७३ सालमा बिहे भएको थियो र ६ महिना अघिमात्र बिहे दर्ता भएको थियो’ ओझाले भने, ‘ सामान्य विवादमा गत असार ८ गतेदेखि घरबाट निस्केर हिँडेकी थिइन् । अहिले उजुरी गरेको कुराले अचम्म लागेको छ ।’

पोखरेल ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । ओझा र पोखरेलले २०७३ सालको दशैंमा काठमाडौंको गोकर्ण रिसोर्टमा सुटुक्क लगनगाँठो कसेका थिए । लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाए । तर, गत वर्ष मात्र निर्माता छविराज ओझाले आफूहरुले बिबाह गरिसकेको बताएका थिए ।

तर, पोखरेल र ओझाको सम्बन्ध पछिल्लो केही समयदेखि विग्रिएको थियो । शिल्पामाथि ओझाले कामदेखि अन्य कुरामा समेत हस्तक्षेप गरेको वुझिएको छ । ओझाले पोखरेललाई आफू निर्मित चलचित्र ‘लज्जा’बाट यो क्षेत्रमा भित्राएका थिए । यही चलचित्रको प्रचारका क्रममा पोखरेलले आफूलाई ओझा मन पर्ने बताएका थिए ।

पोखरेलले ओझाको ‘हवलदार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् ।पोखरेलसँग बिबाह गर्नुअघि ओझाका तीन जनासँग बिबाह भइसकेको थियो । रेखा थापा छविराजको तेस्रो श्रीमती थिइन् ।