८ आश्विन २०८१, मंगलवार
,
Latest
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा नवलपुरको विनियी त्रिवेणीमा बस दुर्घटना, २३ जना घाइते अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर बाढी, पहिरो र डुबान कारण १२ जनाको मृत्यु



अ+ अ-

काठमाडौ‌ं । बिहिबार बेलुकादेखि परेको अबिरल वर्षासंगै आएको बाढी, पहिरो र डुबान कारण देशभरको जनजीवन प्रभावित भएको छ । देशका विभिन्न स्थानमा १२ जनाको मृत्यु भएको छ ।

काठमाडौंको मुलपानीमा बाढीले बगाएर नीतु यादव, शर्मिला यादव र कुन्दन यादवको मृत्यु भएको छ भने भोजपुर, टेम्केमैयुम–९ का १४ वर्षीय जनक विक, रामप्रसाद राई, बासिखोरा– ७ का जगतबहादुर राईको मृत्यु भएको हो ।

यस्तै सिन्धुलीको फिक्कल–१ महादेवडाँडामा पहिरोमा पुरिएर हेमकुमारी सुनुवार, मकवानपुरको थाहा–३ महाभिरमा खोलाले बगाएर सञ्चना बलामी, रामेछाप नगरपालिका–५, रामपुरमा गोठको पर्खालले च्यापिएर पदमकुमार सुनुवार, रौतहटमा लालबकैया खोलाले बगाउँदा इशानाथ–३ का रामपुकार पटेल, ललितपुर बघुवामा घर भत्किँदा ११ वर्षीय सरोज जिम्बा, काभ्रे बनेपा–३ नालामा पहिरोले पुरिएर गोमा दंगाल र सोहनी दंगालको मृत्यु भएको छ भने सुशीला दंगाल, अनुष्का दंगाल र थप एक बालक घाइते भएका छन् ।