काठमाडौं । बिहिबार बेलुकादेखि परेको अबिरल वर्षासंगै आएको बाढी, पहिरो र डुबान कारण देशभरको जनजीवन प्रभावित भएको छ । देशका विभिन्न स्थानमा १२ जनाको मृत्यु भएको छ ।
काठमाडौंको मुलपानीमा बाढीले बगाएर नीतु यादव, शर्मिला यादव र कुन्दन यादवको मृत्यु भएको छ भने भोजपुर, टेम्केमैयुम–९ का १४ वर्षीय जनक विक, रामप्रसाद राई, बासिखोरा– ७ का जगतबहादुर राईको मृत्यु भएको हो ।
यस्तै सिन्धुलीको फिक्कल–१ महादेवडाँडामा पहिरोमा पुरिएर हेमकुमारी सुनुवार, मकवानपुरको थाहा–३ महाभिरमा खोलाले बगाएर सञ्चना बलामी, रामेछाप नगरपालिका–५, रामपुरमा गोठको पर्खालले च्यापिएर पदमकुमार सुनुवार, रौतहटमा लालबकैया खोलाले बगाउँदा इशानाथ–३ का रामपुकार पटेल, ललितपुर बघुवामा घर भत्किँदा ११ वर्षीय सरोज जिम्बा, काभ्रे बनेपा–३ नालामा पहिरोले पुरिएर गोमा दंगाल र सोहनी दंगालको मृत्यु भएको छ भने सुशीला दंगाल, अनुष्का दंगाल र थप एक बालक घाइते भएका छन् ।