८ आश्विन २०८१, मंगलवार
,
Latest
आँधीघाटमा पक्की पुल अन्तिम चरणमा नवलपुरको विनियी त्रिवेणीमा बस दुर्घटना, २३ जना घाइते अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन वर्षमा एआईआईबीको सदस्यता १०० पुग्यो



अ+ अ-

लम्जेम्बर्ग । चीनको पहलमा स्थापित एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को सदस्यता लिने मुलुकहरुको संख्या एकसय पुगेको छ । अफ्रिकी मुलुकहरु बेनिन, जिबुटी र रुवान्डाले सदस्यता लिएसँगै बैंकका सदस्यहरुको संख्या एकसय पुगेको हो ।

लक्जेम्बर्गमा आयोजित बोर्ड अर्फ गभर्नरको चौथो वार्षिक बैठकका क्रममा तीन मुलुकलाई सर्वसम्मत रुपमा नयाँ सदस्यता प्रदान गरेको घोषणा गरिएको थियो । तीनै मुलुकले बैंकको पूँजी लगानी रकम बापतको पहिलो किस्ता बुझाएपछि औपचारिक सदस्यता प्राप्त गर्नेछन् । बोर्ड बैठकले चीनका अर्थमन्त्री लिऊ कुनलाई बोर्डको अध्यक्षमा निर्वाचित गरेको छ ।

त्यस अवसरमा अर्थमन्त्री लिऊ कुनले बैंकको सदस्य संख्या १०० पुगेको र लगानी आठ अर्ब ५० करोड अमेरिकी डलर भइसकेकाले यसले बहुपक्षीय विकास प्रणालीको महत्वपूर्ण अंगका रुपमा आफूलाई स्थापित गरेको बताए ।

चिनियाँ पहलमा यो बैंक जनवरी २०१६ मा स्थापना भएको थियो । शुरुमा यसका संस्थापक मुलुकहरु ५७ वटा थिए । पूर्वाधार निर्माण मार्फत दिगो विकासलाई मद्दत गर्नु यस बैंकको प्रमुख उद्देश्य हो । एआईआईले तीन वर्षमा गरेका कार्यहरुको प्रशंसा गर्दै संयुक्त राष्ट्रसंघ महासभाले बैंकलाई स्थायी पर्यवेक्षकको मान्यता दिएको चिनियाँ अर्थमन्त्रीले बताए ।

एआईआईबीका सदस्य मुलुकहरुले विश्वको कूल जनसंख्याको ७८ प्रतिशत र विश्वको कूल गार्हस्थ्य उत्पादनको ६३ प्रतिशत हिस्सा ओगटेका छन् । सदस्य मुलुकहरुको समर्थनमा बैंकले दिगो विकासका लक्ष्य हासिल गर्नेगरी नमुनायोग्य कार्यहरु गरिरहेको बताए ।

बैंकको बोर्ड अफ गभर्नरको पाँचौं बैठक आगामी वर्ष सन् २०२० को जुलाईमा बेइजिङमा हुँदैछ । एआईआईबीले १८ देशमा आठ अर्ब ५० करोड अमेरिकी डलरका ४६ परियोजना स्वीकृत गरेको छ जसमा राजमार्ग निर्माण र ऊर्जा उत्पादन प्रमुख रहेका छन् ।