११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

तीन वर्षमा एआईआईबीको सदस्यता १०० पुग्यो

तीन वर्षमा एआईआईबीको सदस्यता १०० पुग्यो
अ अ+ अ-

लम्जेम्बर्ग । चीनको पहलमा स्थापित एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को सदस्यता लिने मुलुकहरुको संख्या एकसय पुगेको छ । अफ्रिकी मुलुकहरु बेनिन, जिबुटी र रुवान्डाले सदस्यता लिएसँगै बैंकका सदस्यहरुको संख्या एकसय पुगेको हो ।

लक्जेम्बर्गमा आयोजित बोर्ड अर्फ गभर्नरको चौथो वार्षिक बैठकका क्रममा तीन मुलुकलाई सर्वसम्मत रुपमा नयाँ सदस्यता प्रदान गरेको घोषणा गरिएको थियो । तीनै मुलुकले बैंकको पूँजी लगानी रकम बापतको पहिलो किस्ता बुझाएपछि औपचारिक सदस्यता प्राप्त गर्नेछन् । बोर्ड बैठकले चीनका अर्थमन्त्री लिऊ कुनलाई बोर्डको अध्यक्षमा निर्वाचित गरेको छ ।

त्यस अवसरमा अर्थमन्त्री लिऊ कुनले बैंकको सदस्य संख्या १०० पुगेको र लगानी आठ अर्ब ५० करोड अमेरिकी डलर भइसकेकाले यसले बहुपक्षीय विकास प्रणालीको महत्वपूर्ण अंगका रुपमा आफूलाई स्थापित गरेको बताए ।

चिनियाँ पहलमा यो बैंक जनवरी २०१६ मा स्थापना भएको थियो । शुरुमा यसका संस्थापक मुलुकहरु ५७ वटा थिए । पूर्वाधार निर्माण मार्फत दिगो विकासलाई मद्दत गर्नु यस बैंकको प्रमुख उद्देश्य हो । एआईआईले तीन वर्षमा गरेका कार्यहरुको प्रशंसा गर्दै संयुक्त राष्ट्रसंघ महासभाले बैंकलाई स्थायी पर्यवेक्षकको मान्यता दिएको चिनियाँ अर्थमन्त्रीले बताए ।

एआईआईबीका सदस्य मुलुकहरुले विश्वको कूल जनसंख्याको ७८ प्रतिशत र विश्वको कूल गार्हस्थ्य उत्पादनको ६३ प्रतिशत हिस्सा ओगटेका छन् । सदस्य मुलुकहरुको समर्थनमा बैंकले दिगो विकासका लक्ष्य हासिल गर्नेगरी नमुनायोग्य कार्यहरु गरिरहेको बताए ।

बैंकको बोर्ड अफ गभर्नरको पाँचौं बैठक आगामी वर्ष सन् २०२० को जुलाईमा बेइजिङमा हुँदैछ । एआईआईबीले १८ देशमा आठ अर्ब ५० करोड अमेरिकी डलरका ४६ परियोजना स्वीकृत गरेको छ जसमा राजमार्ग निर्माण र ऊर्जा उत्पादन प्रमुख रहेका छन् ।