९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरो र डुवानका कारण मृत्यु हुनेको संख्या ६० पुग्यो, २६ जना अझै बेपत्ता



अ+ अ-

काठमाडौं । अबिरल वर्षापछि आएको बाढीपहिरो र डुवानका कारण अहिलेसम्म ६० जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारदेखि आइतबार बेलुकीसम्म २४ महिला र ३६ पुरुषको ज्यान गएको हो।

प्रहरीको विवरण अनुसार प्रदेश १ मा १९, प्रदेश २ मा १४, प्रदेश ३ मा १५, प्रदेश ५ र कर्णाली प्रदेशमा दुई­दुई र काठमाडौं उपत्यका तीन जिल्लामा ८ जनाको ज्यान गएको छ।

देशभर २६ जना अझै बेपत्ता छन् भने ३८ जना घाइते छन्। १ हजार ४४४ जनाको उद्दार भइसकेको छ।