४ असार २०८३, बिहीबार
,
Latest
मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरो र डुवानका कारण मृत्यु हुनेको संख्या ६० पुग्यो, २६ जना अझै बेपत्ता



अ+ अ-

काठमाडौं । अबिरल वर्षापछि आएको बाढीपहिरो र डुवानका कारण अहिलेसम्म ६० जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारदेखि आइतबार बेलुकीसम्म २४ महिला र ३६ पुरुषको ज्यान गएको हो।

प्रहरीको विवरण अनुसार प्रदेश १ मा १९, प्रदेश २ मा १४, प्रदेश ३ मा १५, प्रदेश ५ र कर्णाली प्रदेशमा दुई­दुई र काठमाडौं उपत्यका तीन जिल्लामा ८ जनाको ज्यान गएको छ।

देशभर २६ जना अझै बेपत्ता छन् भने ३८ जना घाइते छन्। १ हजार ४४४ जनाको उद्दार भइसकेको छ।