७ आश्विन २०८१, सोमबार
,
Latest
विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ? चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्कदै प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी यस्तो छ रास्वपा कार्यालय परिसर- फोटो फिचर
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले बाढी प्रभावित क्षेत्रमा सरकारी कामको अनुगमन गर्ने



अ+ अ-

काठमाडौं । सरकारले बाढी पहिरो प्रभावितलाई गरेको कामको अनुगमन नेपाली कांग्रेसले गर्ने भएको छ । कांग्रेसले एक विज्ञाप्ती जारी गर्दै सो कुरा उल्लेख गरेको हो ।

सोमबार सभापति शेरबहादुर देउवाले प्रेस विज्ञप्ति जारी गर्दै पीडामा परेकाहरुको सेवामा समर्पित हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘विपत्तिको समय आन्तरिक राजनैतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबै खाले राजनैतिक आग्रह(पूर्वाग्रह भन्दा माथि उठेर पीडामा परेका दिदीबहिनी(दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको परम कर्तव्य हो ।’

यसअघि कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकले उद्धार र राहतमा समर्पित हुने निर्णय गरेको जानकारी देउवाले दिएका छन् । ‘प्राकृतिक विपत्तिको यो घडी जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्ण रुपले उद्धार र राहतमा समर्पित हुने निर्णय हामीले गरेका छौं,’ विज्ञप्तिमा लेखिएको छ ।

कांग्रेसले ‘प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्य सरकारले कति व्यवस्थित ढंगले गरिरहेको छ त्यसको अनुगमनसमेत प्रमुख प्रतिपक्षी दलका नाताले नेपाली कांग्रेसले गर्ने जानकारी पनि गराउँदछु,’ देउवाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

कांग्रेसले अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरुको आत्माको चिर शान्तिको कामना गरेको छ ।