४ असार २०८३, बिहीबार
,
Latest
पोखरा बसपार्क क्षेत्रका संरचनामाथि महानगरको डोजर (फोटो फिचर) ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट, १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री पुन विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानले भारतका लागि खोलिदियो हवाई क्षेत्र, सम्बन्धमा मिठास भर्न खोजेको भारतको दाबी



अ+ अ-

FILE PHOTO: An arial view of the airplane hub at the airport in Karachi, Pakistan Feb 3, 2017. REUTERS/Caren Firouz/File Photo

काठमाडौं । पाकिस्तानले भारतका लागि हवाई क्षेत्र खुला गरेको छ । पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणले मंगलबारबाट हवाई क्षेत्र खुला गरेको जानकारी दिएको हो ।

बालाकोट आक्रमणपछि पाकिस्तानले भारतीय विमानका लागि हवाई मार्ग बन्द गरेको थियो । हवाई मार्ग खुला गरेर पाकिस्तानले भारतसँगको सम्बन्धमा मिठास भर्न खोजेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

पुलवामा हमला गरेपछि भारतीय वायुसेनाले २६ फेब्रुअरीमा पाकिस्तानको बालाकोटमा कथित रुपमा जैश–ए–मोहम्मदको आतंकी शिवरमाथि हवाई हमला गरेको थियो । त्यसपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।

हवाई क्षेत्र बन्द भएपछि युरोप र खाडी देश जाने विमानहरु गुजरातदेखि अरब सागर हुँदै जानुपर्ने बाध्यता थियो ।प्रतिबन्धका कारण दैनिक २३३ विमानका करिब ७० यात्रु प्रभावित बनेका थिए । आफ्नो गन्तव्यमा पुग्न उनीहरुलाई डेढदेखि दुई घण्टा बढी समय लागिरहेको थियो ।

गत महिना प्रधानमन्त्री नरेन्द्र मोदी एससीओ समिटका लागि किर्गिस्तान जानुपर्ने थियो । त्यतिबेला पाकिस्तानले मोदीका लागि ४८ घण्टाका लागि आफ्नो हवाई क्षेत्र खुला गरेको थियो । तर, मोदीले पाकिस्तानको हवाई क्षेत्र प्रयोग भने गरेनन् ।

राज्यसभामा तीन जुलाईमा भारतका नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले पेस गरेको तथ्यांकअनुसार एयर इन्डियाले दुई जुलाईसम्म ४९१ करोड भारु घाटा व्यहोरेको थियो । यसैगरी भारतका निजी एयरलाइन्स कम्पनी स्पाइसजेटले ३० करोड, इन्डिगोले २५ करोड र गो एयरले २ करोड घाटा व्यहोरेका थिए ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भारतीय एयरलाइन्स अपरेटरहरुले अब छिट्टै पाकिस्तानको हवाई क्षेत्र हुँदै सामान्य मार्ग प्रयोग गर्न थाल्ने छन् ।

पाकिस्तानको नागरिक उड्ड्यन प्राधिकरणले गएराति पौने १ बजेतिर एयरमेन (नोटाम)लाई एक सूचना पठाएर पाकिस्तानको हवाई क्षेत्र सबै प्रकारका सार्वजनिक उडानका लागि खुल्ला भएको जानकारी दिएको थियो । दुवै देशको हितलाई ध्यानमा राखेर यो कदम चालिएको प्राधिकरणका अधिकारीको भनाइ छ ।