२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक महिनामै विकासको नाममा ५८ अर्ब ५ करोड खर्च



अ+ अ-

काठमाडौ । सरकारले आर्थिक वर्ष २०७५/०७६ को अन्तिम महिना असारमा मात्रै विकासको नाममा ५८ अर्ब ४ करोड ७६ लाख रुपैयाँ खर्च गरेको छ ।

गत आवमा विकासका लागि कुल ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको सरकारले गत जेठ मसान्तसम्म जम्मा १ खर्ब ५१ अर्ब ४६ करोड रुपैयाँ मात्र खर्च गरेको थियो ।

प्रतिशतका आधारमा पनि गत जेठ मसान्तसम्मको ११ महिनामा जम्मा ४८।२३ प्रतिशत मात्र रहेको पूँजिगत खर्च असार ३१ सम्म आइपुग्दा हृवात्तै बढेर ६५ प्रतिशत भन्दा बढी भएको हो ।

गत आवको अन्तिम महिना असारमा मात्र १७ प्रतिशत पूँजिगत खर्च भएको छ । जस अनुसार गत आवको असार मसान्त सम्ममा ६५ प्रतिशत भन्दा बढी २ खर्ब १७ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार आवको अन्तिम समयमा आएर यसरी असारे भेलमा खर्च बगाउँदा पनि गत आवमा विनियोजन भएको कुल पूँजिगत खर्च भेट्न अझै करिब १ खर्ब खर्च हुन सकेको छैन् ।

अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले सरकारले गत आवमा पूँजिगत खर्च संसोधित लक्ष्य नजिक पु¥याउन सफल भएको दावी गरे । उनले मंगलबारदेखि आर्थिक वर्ष समाप्त भएपनि चेक भुक्तानी भएका सबै विवरण नआएसम्म अहिलेसम्म भएको पूँजिगत खर्चका बारेमा एकिन केहि भन्न नसकिने बताए ।

उनले सरकारले गत आव २०७५/०७६ कालागि विनियोजन गरेको कुल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट मध्ये चालु खर्च ( तलबभत्ता) तर्फ ८५ प्रतिशत, पुँजीगत खर्च (विकास निर्माण) तर्फ ७६ प्रतिशत र वित्तीय व्यवस्था (ऋण भुक्तानी) तर्फ ९१ प्रतिशत खर्च भएको जानकारी दिए ।

आव २०७५/०७६ का लागि कुल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट विनियोजन गरेको सरकारले चालु खर्च (तलबभत्ता) तर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड, पुँजीगत खर्च (विकास निर्माण) तर्फ ३ खर्ब १३ अर्ब ९९ करोड र वित्तीय व्यवस्था (ऋण भुक्तानी) तर्फ १ खर्ब ५५ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको थियो । अहिलेसम्म कुल विनियोजित बजेटमा १० खर्ब भन्दा बढी खर्च भएको छैन ।

यसले गत आवमा पनि सरकारले आव सकिन लाग्दा हतारमा असारे भेलसँगै विकास बजेट सक्न पूँजिगत खर्च गर्ने क्रमलाई व्यापक तिब्रता दिएको देखिन्छ ।

विगतका वर्षहरुमा झै यो वर्ष पनि सरकारले आवको अन्तिम समयमा आएर हतारमा विकास खर्च बढाउने पुरानै प्रबृत्तिलाई निरन्तरता दिएको छ । जसका कारण ‘असारे विकास’का लागि एक महिनामै दैनिक करिब ४ अर्बका दरले पूँजिगत खर्च भएको पाइएको छ ।

संघीय संसदको अर्थ समितिले असार महिनाभर कूल पूँजीगत बजेटको १० प्रतिशत भन्दा धेरै खर्च नबढाउन निर्देशन दिए पनि गत आवको अन्तिम महिना असारमा मात्र १७ प्रतिशत खर्च गरेको छ ।

अन्तिम समयमा आएर जथाभावि रुपमा हतारमा पूँजिगत खर्च गर्ने यस्तो कार्यमा सरकारको बजेट खर्च गर्ने तरिकामा असक्षमता भएको सम्बन्धीत अर्थविद् एवं सरोकारवालाहरुको भनाई रहेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।