२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा भद्रगोल, सभापति पक्षको नियतै सफा देखिएन



अ+ अ-

काठमाडौं । कांग्रेसमा संशोधित नियमावली मस्यौदालाई लिएर विवाद देखिएको छ। केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको नियमावली मस्यौदा समितिमै फर्काइएको छ। सभापति शेरबहादुर देउवाइतर पक्षले मस्यौदामा असन्तुष्टि जनाएको छ ।

अघिल्लो आइतबारको बैठकमा नेता कृष्णप्रसाद सिटौलाले ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी दिएका थिए। त्यसलगत्तै सभापति पक्षले सर्वसम्मत तरिकाले पुनः मस्यौदा बनाउन समितिलाई निर्देशन दिएको थियो। पाँच सदस्यीय समितिमा देउवाइतरका प्रदीप पौडेल र जीवन परियार सहभागी छन्। परियारले केन्द्रीय बैठकमा असन्तुष्टि राखेका थिए।

अर्का सदस्य पौडेलले मस्यौदामा रहेका कतिपय विषय समितिमा छलफलै नभएको बताए। सक्रिय सदस्यलाई लेबी तिराउने, अनुशासनको प्रावधान, नीति तथा अनुसन्धान प्रतिष्ठानबारे नयाँ व्यवस्थासहित भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको केही मुद्दा नियमावलीमा राखिएको छ। यही विषयलाई लिएर असन्तुष्टि देखिएको हो ।

सभापतिले विवादित विषय तत्काल परिमार्जन गरी सर्वसम्मत तरिकाले नियमावली बनाउन निर्देशन दिए पनि समिति छलफलमा जुटेको छैन ।

‘सभापति पक्षको नियतै सफा देखिएन’, नेता सिटौलाले अन्नपूर्णसँग भने, ‘पार्टीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ पार्टीको नियमावली ल्याएको देखिन्छ। ’ यस्तो मस्यौदा स्वीकार्य हुनै नसक्ने उनले बताए।

‘मैले अस्तिकै बैठकमा एक्लै भए पनि नोट अफ डिसेन्ट लेख्छु भनेकै हुँ’, उनले भने, ‘पछि उहाँहरूले समितिमा पठाएर सबै मिलाएर ल्याउने भन्नुभयो। हेरौं के गर्छन् ?’, समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।