१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव बेचबिखनको मुद्दा लागेका वडाध्यक्षलाई उच्च अदालतले दियो सफाइ



अ+ अ-

नुवाकोट । जिल्ला अदालत नुवाकोटले चेलीबेटी बेचविखन गरेको आरोपमा ३७ वर्ष जेल पठाएका ‍दुप्चेस्वर–१ का वडाअध्यक्ष सुनबहादुर तामाङलाई उच्च अदालत पाटनले सफाइ दिएको छ।

जिल्ला अदालतको उक्त फैसला सोमबार उच्च अदालतका न्यायाधीश रमेश बहादुर थापा र हरिप्रताप केसीको इजलासले उल्टाएर सुनबहादुरलाई सफाइ दिएको हो।

भारतमा बेचिएर फर्केका महिलाहरूले सुनबहादुरसहित ३ जनाविरूद्ध चार वर्षअघि जाहेरी दिएका थिए। प्रहरीले त्यही जाहेरीका आधारमा उनीविरूद्ध मुद्दा चलाएको थियो।

उनलाई जिल्ला अदालत नुवाकोटले २०७४ साल चैत ७ गते चेलीबेटी बेचबिखनकै मुद्दामा ३७ वर्ष जेल सजाय सुनाएको थियो।पहिलो पटक सुनबहादुरलाई चेलीबेटी बेचबिखनको मुद्दा २०५१ सालमा लागेको थियो। त्यो मुद्दामा जिल्ला अदालत नुवाकोटले उनलाई ६ वर्ष कैद सजाय तोकेको थियो। तर उनी जेल गएनन्। प्रहरीले उनलाई फरार सूचीमा राखेको थियो।

तिनै सुनबहादुरले २०७४ वैशाखको स्थानीय चुनावमा कांग्रेसबाट उम्मेदवार बनेर वडाध्यक्ष जिते।बेचिएर फर्किएका तीन महिलाले उजुरी दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत पुसमा तामाङलाई वडा कार्यालयबाटै पक्रिएको थियो।