८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव बेचबिखनको मुद्दा लागेका वडाध्यक्षलाई उच्च अदालतले दियो सफाइ



अ+ अ-

नुवाकोट । जिल्ला अदालत नुवाकोटले चेलीबेटी बेचविखन गरेको आरोपमा ३७ वर्ष जेल पठाएका ‍दुप्चेस्वर–१ का वडाअध्यक्ष सुनबहादुर तामाङलाई उच्च अदालत पाटनले सफाइ दिएको छ।

जिल्ला अदालतको उक्त फैसला सोमबार उच्च अदालतका न्यायाधीश रमेश बहादुर थापा र हरिप्रताप केसीको इजलासले उल्टाएर सुनबहादुरलाई सफाइ दिएको हो।

भारतमा बेचिएर फर्केका महिलाहरूले सुनबहादुरसहित ३ जनाविरूद्ध चार वर्षअघि जाहेरी दिएका थिए। प्रहरीले त्यही जाहेरीका आधारमा उनीविरूद्ध मुद्दा चलाएको थियो।

उनलाई जिल्ला अदालत नुवाकोटले २०७४ साल चैत ७ गते चेलीबेटी बेचबिखनकै मुद्दामा ३७ वर्ष जेल सजाय सुनाएको थियो।पहिलो पटक सुनबहादुरलाई चेलीबेटी बेचबिखनको मुद्दा २०५१ सालमा लागेको थियो। त्यो मुद्दामा जिल्ला अदालत नुवाकोटले उनलाई ६ वर्ष कैद सजाय तोकेको थियो। तर उनी जेल गएनन्। प्रहरीले उनलाई फरार सूचीमा राखेको थियो।

तिनै सुनबहादुरले २०७४ वैशाखको स्थानीय चुनावमा कांग्रेसबाट उम्मेदवार बनेर वडाध्यक्ष जिते।बेचिएर फर्किएका तीन महिलाले उजुरी दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत पुसमा तामाङलाई वडा कार्यालयबाटै पक्रिएको थियो।