२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको घोषित लक्ष्य पूर्ति हुनेगरी काम गर्न सञ्चारमन्त्री बास्कोटाको निर्देशन



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारको घोषित लक्ष्य पूर्ति हुनेगरी काम गर्न मातहतका सबै निकायलाई कडा निर्देशन दिएका छन् ।

आफ्नो मन्त्रालय अन्तरगतको नयाँ आर्थिक वर्षको एकीकृत कार्य योजना बुधबार एक कार्यक्रमका बीच सार्वजनिक गर्दै उनले गत आर्थिक वर्षमा आफ्नो मन्त्रालयले गरेको काम सन्तोषजनक रहेपनि सन्तुष्टि हुने खालको नभएको उल्लेख गर्दै चालू आर्थिक वर्षका घोषित सबै कार्यलाई पूर्णता दिने गरी काम गर्नुपर्ने स्पष्ट पारे । मन्त्रालयको घोषित कार्यक्रममा जनताप्रति उत्तरदायी भएर काम भए, नभएको नियमित अनुगमन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

मन्त्री बास्कोटाले कर्मचारीलाई सक्रिय, इमान्दार र गतिशील भएर काम गर्न निर्देशन दिएका हुन् ।एउटा निकायले गल्ती गरे त्यो देशका लागि गम्भिर नोक्सानको रुपमा परिणत हुने र त्यसले प्रतिक्रान्तिको बाटोमा लैजानेतर्फ पनि कर्मचारीहरुलाई सचेत गराए ।