८ आश्विन २०८१, मंगलवार
,
Latest
दुर्गा प्रसाईंको रिटमा कारण देखाउ आदेश जारी झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा पक्राउ त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन नेपालको अर्थतन्त्रमा सुधारको सङ्केत: आईएमएफ चोटका कारण स्वर्ण जित्न असहज भयो– एरिका गुरुङ तल अधिकार नदिने हो भने संघीयता हटाइदिए हुन्छ: डा. शेखर कोईराला कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द आईसीसी विश्वकप लिग–२ मा आज नेपालले ओमानसँग खेल्दै विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको घोषित लक्ष्य पूर्ति हुनेगरी काम गर्न सञ्चारमन्त्री बास्कोटाको निर्देशन



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारको घोषित लक्ष्य पूर्ति हुनेगरी काम गर्न मातहतका सबै निकायलाई कडा निर्देशन दिएका छन् ।

आफ्नो मन्त्रालय अन्तरगतको नयाँ आर्थिक वर्षको एकीकृत कार्य योजना बुधबार एक कार्यक्रमका बीच सार्वजनिक गर्दै उनले गत आर्थिक वर्षमा आफ्नो मन्त्रालयले गरेको काम सन्तोषजनक रहेपनि सन्तुष्टि हुने खालको नभएको उल्लेख गर्दै चालू आर्थिक वर्षका घोषित सबै कार्यलाई पूर्णता दिने गरी काम गर्नुपर्ने स्पष्ट पारे । मन्त्रालयको घोषित कार्यक्रममा जनताप्रति उत्तरदायी भएर काम भए, नभएको नियमित अनुगमन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

मन्त्री बास्कोटाले कर्मचारीलाई सक्रिय, इमान्दार र गतिशील भएर काम गर्न निर्देशन दिएका हुन् ।एउटा निकायले गल्ती गरे त्यो देशका लागि गम्भिर नोक्सानको रुपमा परिणत हुने र त्यसले प्रतिक्रान्तिको बाटोमा लैजानेतर्फ पनि कर्मचारीहरुलाई सचेत गराए ।