• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभामा आज तीन वटा मन्त्रालयको बजेटमाथि छलफल हुने ★   राष्ट्रपति पौडेल जर्मनीमा ★   ओली र लामिछानेले किन दाहाललाई तर्साउन थाले ? ★   हारेको खेलबाट नेपालले जितेको प्रशंसा, देश भित्रको अवस्था भने दयालाग्दो ★   पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो ★   बागमती प्रदेशः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन ★   सुदूरपश्चिम प्रदेशः रु ३१ अर्ब ६२ करोड बजेट पेस ★   एमाले संसदीय दल बैठक–कानून निर्माणमा चनाखो भएर भुमिका निर्वाह गर्न अध्यक्ष ओलीको निर्देशन ★   कोशी प्रदेशः ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक ★   गण्डकी प्रदेशः आगामी आवका लागि रु ३२ अर्ब ९७ करोड बजेट

काङ्ग्रेस नेता बस्नेतलाई बद्नाम गराउने को ?



काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफूलाई राजनीतिक र सामाजिक हिसाबले बद्नाम गराउन सहकारीमा स्रोत नखुलेको रकम छ भनी प्रचार गरिएको बताउनुभएको छ ।

महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा उहाँका नाममा रु ६१ करोड स्रोत नखुलेको रकम रहेको भन्ने समाचार केही सञ्चारमाध्यममार्फत सार्वजनिक भएको थियो । त्यस विषयमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी पूर्वमन्त्री बस्नेतले स्रोत नखुलेको रकम छ भनी सार्वजनिक गरिएको सहकारीमा आफ्नो खाता नभएको जानकारी दिनुभयो ।

सहकारीमा स्रोत नखुलेको रु ६१ करोड छ भनी प्रचार गर्नुलाई आफूले त्यसैको कडीका रुपमा लिएको पूर्वमन्त्री बस्नेतको दाबी छ । समाचार तथ्यहीन र कपोलकल्पित भएकाले त्यसलाई विश्वास नगर्न उहाँले आग्रह गनुभयो । यसैबीच सहकारीका प्रमुख कार्यकारी अधिकृत दीपकविक्रम थापाले पनि विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री बस्नेत र उहाँको परिवारका सदस्यको सहकारीमा खाता नभएकाले स्रोत नखुलेको पैसासमेत नराखेको उल्लेख गर्नुभएको छ ।

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पीडितको उद्धार तथा राहतमा संघीय सरकारले ध्यान नदिएको आरोप लगाउनु भएको छ । डुबान तथा बाढीले क्षति भएका स्थानहरुको निरक्षणमा निस्कनु भएका सभापति देउवाले सरकारले पीडितहरुको समस्या बुझ्न नसकेको आरोप लगाउनु भएको हो ।

प्रेस युनियन इटहरी नगरसमितिले शनिबार बिहान इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सरकारले भारतसँग कूटनीतिक पहल गर्न नसकेको आरोप समेत लगाउनु भयो । उहाँले सरकारले कूटनीतिक पहल गर्न नसक्दा तराईमा बाढी तथा डुबानले बढी क्षति गरेको दाबी गर्नुभयो ।

तराईका डुबानग्रस्त क्षेत्र अवलोकनका क्रममा पीडिहरुको विचल्ली अवस्था रहेको भन्दै राहतका लागि संसदमा आवाज उठाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले पीडितहरुको राहत र पुनस्थापना प्रतिपक्षी दलको हैसियतमा सहयोग गर्ने घोषणा गर्नुभयो ।