४ असार २०८३, बिहीबार
,
Latest
राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशका विभिन्न भागमा वर्षा,बाढीको खतरा कहाँ–कहाँ छ ?



अ+ अ-

काठमाडौं । देशका विभिन्न भागमा जारी वर्षाले बाढी र पहिरोको जोखिम बढाएको भन्दै सरकारले सतर्क रहन सबैमा आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान सूचना जारी गर्दै देशका विभिन्न क्षेत्रमा भइरहेको वर्षाले बाढी र पहिरोको जोखिम बढाएकाले सतर्क रहन आग्रह गरेको हो ।

महाशाखाका अनुसार भोलि र पर्सी प्रदेश १,२ र ३ का तपाई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको छ । साथै, तटिय क्षेत्रमा पूर्वतयारी गर्न र प्रतिकार्यको लागि सचेत रहन महाशाखाले आग्रह गरेको छ ।

आज कोशी, नारायणी, कर्णाली र महाकाली नदी तथा यसका सहायक नदीहरुमा बहाव सामान्य बढ्दो क्रममा रहेका छन् । पूर्वानुमान अनुसार यी नदीहरुले सर्तकता तह पार नगर्ने तर कोशीका सहायक नदी सुनकोशी र तमोरमा बहाव तुलनात्मक रुपमा बढी हुने जनाइएको छ ।

महाशाखाका अनुसार, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, सुनसरी, ओखलढुंगा, रामेछाप, सिन्धुली, रामेछाप सिन्धुलीमा बहने नदीहरुमा पनि आकस्मिक बहावको सम्भावना छ । त्यस्तै, चितवन, पर्सा, गोरखा, डडेल्धुरा र त्यस आसपासका क्षेत्रमा पनि पानी परिरहेको छ ।

यता, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, काठमाडौं उपत्यका र आसपासका जिल्ला, चितवन, बारा, पर्सा, नवलपरासी, अर्घाखाँची, प्यूठान, रोल्पा, दाङ, सल्यान र आसपासका जिल्ला तथा प्रदेश २ का पहाड र चुरेबाट बहने केही साना नदीहरुमा पनि बाढी आउने प्रक्षेपण महाशाखाले गरेको छ ।

महाशाखाका अनुसार, मंगलबार पनि देशका विभिन्न नदीहरुमा बाढी जाने सम्भावना छ ।

असार अन्तिमदेखि मनसुन सक्रिय हुँदा देशभर वर्षा भइरहेको छ । अविरल वर्षापछि तराई क्षेत्रमा डुबान र पहाडमा पहिरो गएका छन् । डुबान र पहिरोले दर्जनौंको ज्यान गइसकेको छ भने कैयन हराइरहेका छन् । बाढीले बिस्थापित हुनेको संख्या पनि उत्तिकै छ ।




भर्खरै