२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्लिन फिड आम्दानीको स्रोतसँग जोडिएको छ, चाहिँदैन भन्ने कुरा मान्न सकिँदैन: मन्त्री बास्कोटा



अ+ अ-
फाइल फाेटाे

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विज्ञापनसम्बन्धी विधेयकबाट क्लिन फिड लागू गरेरै छाड्ने अडान दोहोर्‍याएका छन् ।

सोमबार संसदको विकास समिति बैठकमा उनले क्लिन फिडसम्बन्धी व्यवस्था हटाउन माग गर्दै संशोधन दर्ता गराउने सांसदलाई उक्त संशोधन फिर्ता लिन आग्रह गरे ।


क्लिन फिड लागू गर्न नहुने भन्दै सांसद लक्ष्मणलाल कर्ण, एकवाल मियाँलगायतले संशोधन दर्ता गराएका छन् । सोमबारको छलफलमा भने उनीहरु सहभागी थिएनन् ।

‘जतिचोटी छलफल गरे पनि क्लिन फिड हुँदैन भनेर मान्न सकिँदैन । यो विधेयकको मूल आत्मा नै मार्ने कुरा सम्भव छैन । यो बुझेर झिकिदिन आग्रह गर्दछु’ उनले भने ।

क्लिन फिड राष्ट्रियता र रोजगारीसँग पनि जोडिएको कारणले यसलाई लागू गरेर छाड्ने उनले बताए ।

‘कोकाकोलाको विज्ञापनमा साहसिक देखाइएको छ । त्यो नेपालको हिमालको फेदीमा खिच्न सकिन्थ्यो, नेपाली कलाकारहरुले अवसर पाउँथे । त्यसकारण यो क्लिन फिड बजारमात्र नभएर हाम्रो कला संस्कृतिसँग पनि जोडिएको छ । आम्दानीको स्रोतसँग पनि जोडिएको छ, कलाकारले पाउने रोजगारीसँग पनि जोडिएको छ ।’

उनले अमेरिका, भारत, कोरियालगायतका देशमा समेत क्लिन फिड रहेको बताउँदै उनले यो अन्तरराष्ट्रिय अभ्यास भएको बताए ।