३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई सहयोग



अ+ अ-

काठमाडौं । सनराइज बैंकले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाको भवन निर्माण गर्न रु दुई लाख सहयोग गरेको छ । चेक हस्तान्तरण कार्यक्रममा सनराइज बैंकका नायब महाप्रबन्धक श्री रविन कुमार नेपालले, नेपाल रेडक्रस सोसाइटी ईलाम जिल्ला शाखाका सभापति श्री शिव प्रसाद गौतम ज्यूलाई रु दुई लाखको चेक हस्तान्तरण गर्नुभयो । रकम हस्तारण कार्यक्रममा सनराइज बैंकका प्रदेश नं १ का प्रमुख श्री विवेक निरौला, इलाम शाखाका प्रमुख श्री ज्ञान श्याम गुरुङ्ग र बैंकका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

ईलाम जिल्लामा उक्त रेडक्रसले रक्त सञ्चार, एम्बुलेन्स सेवा, प्राथमिक उपचार सेवा, विपतमा राहत सेवा जस्ता विभिन्न सेवाहरु दिदै आएको छ ।  निर्माण गर्न लागेको भवन तालिमहल सहितको हुने र त्यसले समुदायमा थप सेवा दिन  मदत गर्ने सोसाइटीले  जनाएको छ । बैंकले स्वास्थ्य, शिक्षा, पूर्वधार निर्माण, वातावरण संरक्षण आदि क्षेत्रमा सातै प्रदेशमा विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।