२७ भाद्र २०८३, शनिबार
,
Latest
बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कार आरोपको मुद्दा खेप्दै आएका रोनाल्डोले पाए सफाइ



अ+ अ-

काठमाडौं । बलात्कार आरोपको मुद्दा खेप्दै आएका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले सफाइ पाएका छन् । अमेरिकाको क्लर्क काउन्टी जिल्लामा रोनाल्डोविरुद्ध परेको उजुरीमा छानविन पछि उनलाई सफाइ दिईएको हो ।

रोनाल्डोमाथि सन् २००९ मा अमेरिकाको लस भेगासस्थित एक होटलमा अमेरिकन मोडल क्याथरिन मेयोर्गामाथि बलात्कार गरेको आरोप लागेको थियो । घटना बाहिर नल्याउने शर्तमा सन् २०१० मा अदालत बाहिर करिब चार करोड रुपैयाँमा दुवै पक्षबीच सहमती बनेको थियो । तर क्याथरिनले ९ वर्षपछि पुन उक्त घटना सार्वजनिक गरेकी थिइन् । सन् २०१८ मा लास भेगास पुलिसले पिडितको अनुरोधमा पुन घटनाको अनुसन्धान सुरु गरेको थियो । रोनाल्डोले भने क्याथरिनले पैसाका लागि आफुमाथि सडयन्त्र गरेको भन्दै सुरुबाटै आरोपको खण्डन गर्दै आएका थिए ।

छानविनपछि अमेरिकाको क्लर्क काउन्टी जिल्ला अदालतका सरकारी वकिलले अफिसियल विज्ञप्ति निकाल्दै बलात्कार आरोप खेपिरहेका रोनाल्डो निर्दोस भएको उल्लेख गरेको छ । रोनाल्डोमाथि कुनै कारबाही नहुने पनि स्पस्ट पारिएको छ । यस घटना भएको बेला रोनाल्डो इङ्लिस क्लब म्याचनेस्टर युनाईटेडबाट खेल्थे । रोनाल्डोले त्यसपछि ९ बर्ष स्पेनिस क्लब रियल म्याड्रिडमा बिताए । रोनाल्डो गतबर्ष मात्र इटालियन क्लब युभेन्ट्समा अनुबन्ध भएका थिए ।