३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सरकारी धर्मशाला व्यक्तिको कब्जामा

सरकारी धर्मशाला व्यक्तिको कब्जामा
अ+ अ-

डोटी । जिल्लामा भएको सयौँ सरकारी धर्मशाला पछिल्लो समय केही व्यक्तिले आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग गरिरहेको पाइएको छ । यसरी सरकारी धर्मशाला वर्षौंदेखि व्यक्तिले प्रयोग गरिरहेको भए पनि सम्बन्धित निकायले कुनै पहल नचालेको स्थानीयको आरोप छ । त्यस्तै कतिपय धर्मशालाको उचित संरक्षण नहुँदा वर्षेनी भत्किने तथा जीर्ण बन्दै गएकोप्रति स्थानीयले दुखेसो पोख्ने गरेका छन् ।

यसै सिलसिलामा जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ दिपायलस्थित पुलबजारमा रहेको राणाकालमा निर्माण भएको सरकारी धर्मशाला एक जना व्यक्तिले आफ्नो निजी आवासका रुपमा प्रयोग गरेको पाइएको छ । तत्कालीन समयमा गाउँबाट जिल्ला सदरमुकाम सिलगढी तथा क्षेत्रीय सदरमुकाम दिपायललगायतका ठाउँमा आवतजावत गर्ने नागरिकलाई बास बस्न सजिलो होस् भन्ने उद्देश्यले निर्माण गरिएको उक्त धर्मशाला वर्षौंदेखि घचेट्टा नामले चिनिने भारतीय नागरिकले आफ्नो निजी आवासका रुपमा प्रयोग गरेका छन् ।

उक्त धर्मशालालाई निज भारतीय नागरिक घचेट्टाले कोठाभित्रमा आफू बस्ने तथा कोठा बाहिरको चौरमा आफ्ना खच्चर बाध्ने गरेको दिपायल पिपल्लाका स्थानीय तेजबहादुर डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “घचेट्टाले धर्मशाला पूरै आफ्नो निजी आवास बनाएका छन् तर उनलाई हटाउन कसैले पनि प्रयास गरेको छैन ।”

उक्त धर्मशाला मात्र नभई जिल्लामा रहेको अधिकांश धर्मशाला केही व्यक्तिले प्रयोग गर्दैआएका छन् भने कोही प्रयोग तथा मर्मतसम्भार नहुँदा दिनहुँ भत्किँदै जीर्ण बन्न थालेका छन् । त्यस्तै जिल्लाको शिखर नगरपालिका–१ नापानी भन्ने ठाउँको पर्यटकीय क्षेत्रमा रहेको तत्कालीन राजा स्व वीरेन्द्र शाहको पालामा निर्माण भएको सिलेटले छाएको पक्की धर्मशालामा पनि निजी आवासजस्तै भएको छ । उक्त धर्मशालालाई त्यहाँका स्थानीय तथा लेकमा गोठ निर्माण गरेर बसेका भैँसी गोठालाले वर्षौंदेखि आफ्ना भँैसी बाध्ने काममा प्रयोग गर्दै आएको शिखर नगरपालिका–१ गुठेउडीका स्थानीय करन नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले धर्मशालामा गाई गोरु बाँधेको र मान्छे सुतेको पैसा लिन्थे अहिले, व्यक्तिले निजी बनाएको छ, कसैले किन व्यक्तिगत बनाइस भनेर कुरा उठाएको छैन ।” उक्त धर्मशालाको बाटो हुँदै आवतजावत गर्ने नागरिकलाई बास बस्न सजिलो होस् भन्ने उद्देश्यले सरकारले केही थान खटिया तथा बेड विस्तारासमेत उपलब्ध गराएको थियो ।

उक्त सरकारी धर्मशालाको रेखदेखका लागि कर्मचारी खटाइए पनि पछिल्लो समय सरकारी क्षेत्रबाट कर्मचारी र चौकीदारका लागि रकम आउन छोडेपछि धर्मशाला लथालिङ्ग हुनुका साथै व्यक्तिले निजी आवास बनाउन थालेको स्थानीय करन ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “धर्मशाला रेखदेखदेखि मर्मतसम्भारका लागि सरकारबाट आउने रकम बन्द भयो, कर्मचारी पनि गए, अहिले व्यक्तिले निजी घरजस्तै बनाएका छन् ।” उता डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्लामा भएका पाटीपौवा र धर्मशाला सार्वजनिक भएको तथा यसको संरक्षण गर्नु सबैको दायित्व भएकाले व्यक्तिगत रुपमा प्रयोग गर्न नहुने बताउनुभयो । जिल्लाभरिका सरकारी धर्मशाला, पाटीपौवा कति छन भन्ने एकिन तथ्याङ्क कुनै कार्यालयमा नभए पनि जिल्लाभरिमा कूल १०० भन्दा बढी यस्ता पुराना धर्मशाला, पाटीपौवा भएको हुनसक्ने जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लाभरिमा कति वडा धर्मशाला, पाटीपौवा छन्, आधिकारी तथ्याङ्क छैन तर १०० भन्दा बढी नै छन्, कसैको पनि संरक्षण तथा मर्मतसम्भार गरिएको भने पाइँदैन ।”