२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरपश्चिम नाइजेरियामा ७८ जना शस्त्रधारीहरु मारिए



अ+ अ-

अबुजा । नाइजेरियाली सेनाले देशको उत्तरपश्चिम क्षेत्रमा गरेको व्यापक सैन्य कारबाहीमा ७८ जना शस्त्रधारीहरु मारिएको जनाएको छ ।

मुलुकको उत्तरपश्चिम जाम्फारा र त्यससँगै जोडिएको अर्को राज्यमा तीन महिनादेखि चलिरहेको भिषण कारबाहीमा ठूलो परिमाणमा हातहतियार समेत बरामद भएको सैनिक प्रवक्ता ओन्येमा न्वाचुकुले बताए ।

नाइजेरियाली सेनाले हवाई गस्ती र कारबाही पनि गरेको थियो । सैनिक प्रवक्ता ओन्येमाले शस्त्रधारीको अपहरणमा परेका ५० जनाभन्दा बढीलाई मुक्त गरिएको तथा शंकास्पद २५ जना सैनिक समूहका सदस्यहरुलाई पक्राउ गरिएको पनि जानकारी दिए ।

नाइजेरियाका उत्तरपश्चिमी राज्यहरु कदुना, जाम्फारा र अरु इलाकाहरुमा वर्षौंदेखि शसस्त्र समूहले स्थानीय व्यक्तिहरुको हत्या गर्ने र उनीहरुको सम्पत्ति लुटपाट गर्नेक्रम बढेपछि सेनाले वृहद् सैन्य कारबाही थालेको हो ।