८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरपश्चिम नाइजेरियामा ७८ जना शस्त्रधारीहरु मारिए



अ+ अ-

अबुजा । नाइजेरियाली सेनाले देशको उत्तरपश्चिम क्षेत्रमा गरेको व्यापक सैन्य कारबाहीमा ७८ जना शस्त्रधारीहरु मारिएको जनाएको छ ।

मुलुकको उत्तरपश्चिम जाम्फारा र त्यससँगै जोडिएको अर्को राज्यमा तीन महिनादेखि चलिरहेको भिषण कारबाहीमा ठूलो परिमाणमा हातहतियार समेत बरामद भएको सैनिक प्रवक्ता ओन्येमा न्वाचुकुले बताए ।

नाइजेरियाली सेनाले हवाई गस्ती र कारबाही पनि गरेको थियो । सैनिक प्रवक्ता ओन्येमाले शस्त्रधारीको अपहरणमा परेका ५० जनाभन्दा बढीलाई मुक्त गरिएको तथा शंकास्पद २५ जना सैनिक समूहका सदस्यहरुलाई पक्राउ गरिएको पनि जानकारी दिए ।

नाइजेरियाका उत्तरपश्चिमी राज्यहरु कदुना, जाम्फारा र अरु इलाकाहरुमा वर्षौंदेखि शसस्त्र समूहले स्थानीय व्यक्तिहरुको हत्या गर्ने र उनीहरुको सम्पत्ति लुटपाट गर्नेक्रम बढेपछि सेनाले वृहद् सैन्य कारबाही थालेको हो ।