२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुसलमान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी चार व्यक्तिको मृत्यु



अ+ अ-
(Photo by TUWAEDANIYA MERINGING / AFP)

काठमाडौं । थाइल्याण्डको दक्षिण भागमा पर्ने पत्तानी प्रान्तमा संदिग्ध मुसलमान आतङ्ककारी समूहले सैन्य शिविरमा गरेको एक आक्रमणमा परी चार व्यक्तिको मृत्यु भएको छ । सरकार अधिकारीहरुले बुधबार उक्त जानकारी दिएका छन् ।

मङ्गलबार अबेर राती पत्तानी प्रान्तको दुर्गम इलाकामा रहेको स्थानमा विद्रोही समूहले ग्रेनाड र स्वचालित बन्दुकको प्रयोेग गरी आक्रमण गरेका सेनाका प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।


मलय मुसुलमान समूदायको बाहुल्यता रहेको सुदुर दक्षिणमा पर्ने यस इलाकामा १५ वर्षयता जारी द्वन्द्वमा परी ७ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । यस शिविर आक्रमणमा सेनाको एक मेजर, दुई सुरक्षा स्वयंसेवी र एक गाउँलेको मृत्यु भएको सैनिक स्रोतले जानकारी दिएको छ ।

यस आक्रमणमा परी घाइते भएका दुई व्यक्तिलाई उपचारार्थ अस्पताल भर्ना गरिएको र ती दुबैको अवस्था चिन्ताजनक रहेको बताइएको छ । –