८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुसलमान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी चार व्यक्तिको मृत्यु



अ+ अ-
(Photo by TUWAEDANIYA MERINGING / AFP)

काठमाडौं । थाइल्याण्डको दक्षिण भागमा पर्ने पत्तानी प्रान्तमा संदिग्ध मुसलमान आतङ्ककारी समूहले सैन्य शिविरमा गरेको एक आक्रमणमा परी चार व्यक्तिको मृत्यु भएको छ । सरकार अधिकारीहरुले बुधबार उक्त जानकारी दिएका छन् ।

मङ्गलबार अबेर राती पत्तानी प्रान्तको दुर्गम इलाकामा रहेको स्थानमा विद्रोही समूहले ग्रेनाड र स्वचालित बन्दुकको प्रयोेग गरी आक्रमण गरेका सेनाका प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।


मलय मुसुलमान समूदायको बाहुल्यता रहेको सुदुर दक्षिणमा पर्ने यस इलाकामा १५ वर्षयता जारी द्वन्द्वमा परी ७ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । यस शिविर आक्रमणमा सेनाको एक मेजर, दुई सुरक्षा स्वयंसेवी र एक गाउँलेको मृत्यु भएको सैनिक स्रोतले जानकारी दिएको छ ।

यस आक्रमणमा परी घाइते भएका दुई व्यक्तिलाई उपचारार्थ अस्पताल भर्ना गरिएको र ती दुबैको अवस्था चिन्ताजनक रहेको बताइएको छ । –