चलचित्र निर्माता छवि ओझा र उनकी पछिल्लो पत्नी एवं अभिनेत्री शिल्पा पोखरेलविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएको पुष्टि गरे । ‘हेमा ओझाले दिएको जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको छ’, बोगटीले भने, ‘अहिले हामी दुवैलाई खोजी रहेका छौं ।’
छविको पूर्वपत्नी सुनसरी जिल्ला धरान नगरपालिका १ की ५३ वर्षीया हेमा ओझाले प्रहरी परिसरको कालीमाटी महिला सेलमा उनीहरुविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । त्यसैका आधारका छवि र शिल्पा विरुद्ध पक्राउ पुर्जी जारी भएको डीएसपी बोगटीले बताए ।
डिएसपी बोगटीले पक्राउ पुर्जी जारी भएलगत्तै उनीहरुको खोजी सुरु गरिएको बताए ।वि।सं २०७३ साल असार २९ गते बिहे गरेका छवि र शिल्पाले गतबर्षको पौषमा मात्र बिहे दर्ता गरेका थिए । तर, हेमाले आफू हुँदा हुँदै छवि र शिल्पाले बहुबिबाह गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । योसँगै छवि र शिल्पाको डिभोर्स प्रक्रियाले नयाँ मोड लिएको छ । शिल्पाले भने आफूलाई छविका २ श्रीमती गिताञ्जली र रेखा थापा मात्र रहेको बिषयमा जानकारी भएको बताउँदै आएकी छिन् ।