४ असार २०८३, बिहीबार
,
Latest
सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन बोर्डको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

छवि ओझा र शिल्पा पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी



अ+ अ-

चलचित्र निर्माता छवि ओझा र उनकी पछिल्लो पत्नी एवं अभिनेत्री शिल्पा पोखरेलविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएको पुष्टि गरे । ‘हेमा ओझाले दिएको जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको छ’, बोगटीले भने, ‘अहिले हामी दुवैलाई खोजी रहेका छौं ।’

छविको पूर्वपत्नी सुनसरी जिल्ला धरान नगरपालिका १ की ५३ वर्षीया हेमा ओझाले प्रहरी परिसरको कालीमाटी महिला सेलमा उनीहरुविरुद्ध उजुरी दर्ता गरेकी थिइन् । त्यसैका आधारका छवि र शिल्पा विरुद्ध पक्राउ पुर्जी जारी भएको डीएसपी बोगटीले बताए ।

डिएसपी बोगटीले पक्राउ पुर्जी जारी भएलगत्तै उनीहरुको खोजी सुरु गरिएको बताए ।वि।सं २०७३ साल असार २९ गते बिहे गरेका छवि र शिल्पाले गतबर्षको पौषमा मात्र बिहे दर्ता गरेका थिए । तर, हेमाले आफू हुँदा हुँदै छवि र शिल्पाले बहुबिबाह गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । योसँगै छवि र शिल्पाको डिभोर्स प्रक्रियाले नयाँ मोड लिएको छ । शिल्पाले भने आफूलाई छविका २ श्रीमती गिताञ्जली र रेखा थापा मात्र रहेको बिषयमा जानकारी भएको बताउँदै आएकी छिन् ।




भर्खरै