८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीप्रति ग्रिजम्यानको दुखेसो: अझै स्वागत गरेनन्



अ+ अ-

काठमाडौं । एथलेटिको म्याड्रिडबाट बार्सिलोना पुगेका फ्रेन्च फुटबलर एन्टोनी ग्रिजम्यानले आफुलाई लियोनेल मेस्सीले अझै स्वागत नगरेको बताएका छन् ।

मेस्सीले अहिले अधिकांश समय परिवारलाई दिईरहेका छन् । प्रि-सिजन अघि छुट्टी मनाउन बसेका मेस्सीले समुन्द्रमा श्रीमती र छोराहरुसँग रमाई रहेको ‘हट’ तस्बिर सार्वजनिक समेत गरेका थिए ।

प्रि–सिजन टुर अन्तर्गत हाल जापानमा रहेको बार्सिलोनाको मंगलबारको चेल्सीविरुद्धको खेल अघि मिडियासँग कुरा गर्दै ग्रिजम्यानले आफुलाई लुइस स्वरेजले फोन गरेर स्वागत गरेको र अन्य खेलाडीले स्वागत गरेपनि
मेस्सी ले भने अझै स्वागत नगरेको बताएका हुन् ।


ग्रिजम्यान बार्सिलोना आउनु अघि मेस्सीले ग्रिजम्यानको ठाँउमा नेइमारलाई ल्याउन क्लबलाई आग्रह गरेकै कारण खटपट भएको संचार माध्यमहरुले उल्लेख गरेका छन् । यसअघि ग्रिजम्यानले बार्सिलोनामा मेस्सीसँगै खेल्न आफू आतुर रहेको बताएका थिए ।

ग्रिजम्यानले भनेका छन्, ‘हो आश्चर्यजनक हुनेछ । म यो जान्न उत्साहित छु कि मेस्सी दिनदिनै के रुचाउँछन्, ट्रेनिङमा के मन पराउँछन् ।’

बर्सिलोनाले जुलाई २३ तारिखदेखि प्रिसिजनको अभ्यास खेल सुरु गरेको छ । बार्सिलोनाले जापान भ्रमणबाट प्रिसिजनको तयारी गरेको हो । जापानमा बार्सिलोनाले पहिलो खेल इङ्लिस क्लब चेल्सीसँग खेलेको छ । उसले पहिलो खेलमा नै २–० को हार बेहोरेको छ । हिजो भएको खेलमा प्रिमियर लिग क्लब चेल्सीसँग बार्सिलोना २–१ गोलले पराजित भएको हो । चेल्सीको जितमा टम्ये अब्राहम र रोस बेर्कलीले समान एक एक गोल गरेका थिए । यता बार्सिलोनाको लागि एक मात्रै गोल इभान रकिटिचले गरे ।

आफ्ना मुख्य खेलाडी लुइस स्वारेज र फिलिपे कौन्टिन्हो बिनै मैदान उत्रिएको बार्सिलोनाले खेलको ३४ औं मिनेट मै गोल खाएको थियो । बार्सिलोनाका डिफेन्डर र गोलकिप्पर बिट हुँदा चेल्सीका टम्ये अब्राहमले बललाई गोल पोष्टको दिशा दिदै १–० को अग्रता दिलाएका थिए ।

पहिलो हाफसम्म बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल खायो । खेलको ८१ औं मिनेटमा रोस बेर्कलीले चेल्सीको लागि गोल गर्दै अग्रता २–० बनाए । खेलको ९० औं मिनेटमा रकिटिकले गोल गर्ने मौका गुमाएका थिए । त्यसको एक मिनेट पछि नै उनले डि बक्स बाहिरबाट गोल गर्दै खेल २–१ को अन्तरमा झारे । त्यसपछि बाँकी समयमा कुनै गोल नहँुदा चेल्सीले २–१ गोलको जित हात पार्यो ।

यता मेस्सी अगस्ट ४ तारिख आर्सनलविरुद्धको खेलमा उपस्थित हुने बार्सिलोनाले जनाएको छ । बार्सिलोनाले अगस्ट ७ र १० मा नापोलीसँग पनि दुई खेल खेल्दैछ । स्पेनिस ला लिगामा भने बार्सिलोनाले अगस्ट १६ तारिखमा एथ्लेटिक बिल्बाओसँग खेल्दै सन् २०१९–२०२० सिजनको सुरुवात गर्नेछ ।