११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

अविरल वर्षासँगै विपत्तिबाट जोगिन उच्च सतर्कता

अविरल वर्षासँगै विपत्तिबाट जोगिन उच्च सतर्कता
अ अ+ अ-

काठमाडौं । अविरल वर्षाले देशभर व्यापकरूपमा धनजनको क्षति पुर्याइरहेको बेला बाढीपहिरोबाट उच्च जोखिममा रहेको बाह्रविसे नगरपालिकाले आफ्ना सबै निकायलाई उच्च सतर्कतामा राखेको छ । भोटेकोशी बाढीबाट वर्षैपिच्छे जनधनको क्षति व्यहोर्दै आएको नगरपालिकाले विपद् व्यवस्थापनको बैठक बसेर सबै सामग्रीसहित आफ्ना सबै निकायलाई उच्च सतर्कतामा राखेको हो ।

नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले सकेसम्म विपद्बाट जोगिन र विपद् भइहालेमा तत्काल उद्धार र राहतका लागि नगरपालिकाभित्र सबै निकायलाई सामग्रीसहित तयारी हालतमा राखिएको नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए ।

बाढीपहिरोबाट राजमार्ग र सहायकमार्गमा हुनसक्ने यातयात अवरोधलाई सहज बनाउनका लागि मध्यभोटेकोशी जलविद्युत् आयोजना, डिभिजन सडक कार्यालयलगायतका सरकारी निकायसँग समन्वय गरेर सबै सामग्री तयारी अवस्थामा राखिएको प्रमुख शेर्पाले जानकारी दिए ।

आपत्कालीन अवस्थाका लागि दुई थान एम्बुलेन्स, तीन स्काभेटर, एक लोडर, एक जेसिभी, तीन टिपरलगायतका साधन तयारी अवस्थामा राखिएको प्रमुख शेर्पाले बताए । नगरभित्र कतै समस्या परेमा तत्कालै यी सामग्री लिएर उद्धार गरिने शेर्पाले जानकारी दिए । नगरपालिकाले औषधि, त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायतका सबै सामग्री खरीद गरेर तयारी अवस्थामा राखेको छ ।

राजमार्गलगायत सहायकमार्गमा पहिरोले सडक अवरुद्ध हुँदासमेत नगरपालिकाले तत्कालै खुलाउन टोली तयारी हालतमा राखेको साथै स्वास्थ्य, शिक्षा, प्रहरी, सशस्त्र प्रहरीलगायत सबै निकायसँग समन्वय गरेर नगरवासीलाई दैवी विपत्तिबाट जोगाउनका लागि लागिरहेको प्रमुख शेर्पाले बताए ।