८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रिजम्यानको दर्ता रोक्न एट्लेटिकोद्वारा माग, बार्सिलोनाबाट खेल्न नपाउने !



अ+ अ-

काठमाडौं । एथ्लेटिको मड्रिडले आफ्ना पूर्वखेलाडी एन्टोनी ग्रिजम्यानको दर्ता रोक्न माग गरेको छ ।

एथ्लेटिको मड्रिडले बार्सिलोनामा ग्रिजम्यानको दर्ता रोक्का गर्न माग गर्दै निवेदन दिएको ला लिगाका अध्यक्ष जाभियर टेबसले भनेका छन् ।

‘एट्लेटिकोले हामीलाई पत्र लेख्दै बार्सिलोनामा ग्रिजम्यानको लाईसेन्सलाई अनुमती दिने वा नदिने हो भनेर सोधेको छ ।’ उनले भनेका छन् । ‘यसलाई प्रक्रियामा राखिएको छ । जसले यसलाई हेरिरहेका छन् । उनीहरु यसलाई समाधान गर्ने उद्वेश्यले आउन आवश्यक छ ।’ उनले थपेका छन् ।एट्लेटिकाले सो प्रक्रिया अघि बढाउन सम्भव रहेको समेत बताएको टेबसले उल्लेख गरेका छन् ।

खेलाडी रिलिज क्लजको बिषयमा भएको विवादका कारण एट्लेटिकाले ग्रिजम्यानको दर्ता रोक्न आग्रह गरेको हो । बार्सिलोनाले गत हप्ता विश्वकप विजेता खेलाडीलाई अनुबन्धन गरेको बताएको थियो । उसले २८ बर्षिया खेलाडीलाई १ सय ८ मिलियनको रिलिज क्लाज अनुसार अनुबन्धन गरेको थियो ।

तर एथ्लेटिकोले भने १ सय ८० मिलियन पाउण्डको रिलिज क्लज १ सय ८ मिलियन पाउण्डमा घटाएको भन्दै दर्ता रोक्न माग गरेको हो । जुलाई एकअघि नै बार्सिलोनासँग सहमति भएको कारण अहिले दिएको रकम अपुग भएको एथ्लेटिको दाबी छ ।

ग्रिजम्यानले गत मंगलबार बार्सिलोनाको जर्सीमा डेब्यु गरेका थिए । ग्रिजम्यानको डेब्यु खेलमा बार्सिलोना प्रिमियर लिग क्लब चेल्सीसँग २–१ गोलले हारेको थियो ।

एट्लेटिकोले सन् २०१७ को डिसेम्बरमा बार्सिलोनाले ग्रिजम्यानका लागि गरेको अवैध प्रस्तावको बिषयमा फिफामा उजुरी समेत दिएको थियो । तर पछिल्लो समरमा ग्रिजम्यानले बार्सिलोनाको प्रस्ताव अस्विकार गरेका थिए । तर एट्लेटिकाले बार्साले पुन मार्चमा उनीसंग कुरा गरेको दाबी गर्दै स्पेनिस च्याम्पियनले अनादार गरेको आरोप लगाएको छ ।