ललितपुर। ललितपुर महानगरपालिका वडा नं २५ को वडा शिक्षा समन्वय समितिले स्थानीय जन उदय माध्यामिक विद्यालयको माग अनुरुप एक थान कम्प्युटर र एक थान प्रीन्टर उक्त विद्यालयलाई प्रदान गरेको छ ।
उक्त कम्प्युटर वडा कार्यालयमा आयोजित एक समारोहबीच हस्तान्तरण गरिएको सो वडा कार्यालयले जानकारी दिएको छ ।
शिक्षा समन्वय समितिका सचिव टंक बाँस्तोलाले संचालन गरेको उक्त कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष विष्णुकुमार कार्कीले गर्नु भएको थियो ।
सो कार्यक्रमको प्रमुख अतिथि रहनुभएका सो बिद्यालय व्यवस्थापन समतिका अध्यक्ष शिवगोपाल थापालाई वडा अध्यक्ष कार्कीले ती सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षा समन्वय समितिका सदस्य माधवप्रसाद पाण्डे, वडा सदस्य मथुरा खड्का विद्यालयका अध्यक्ष शिवगोपाल थापा, वडा अध्यक्ष कार्की र विद्यालयका प्रधानाध्यापक मोदनाथ लम्सालले वडा कार्यालयलाई धन्वाद दिँदै आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा शिक्षक, शिक्षिका विद्यालय व्यवस्थापन समितिका सदस्यहरु र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।